Tuesday, 26 September 2017 11:06 am, Nepal

पुरातात्विक दोहनीकोट अतिक्रमणमा

मेचीकाली : 2015-03-22 08:53:33


कपिलबस्तु, ८ चैत :

कपिलवसस्तुको दोहनी गाबिस स्थित पुरातात्विक स्थलको रुपमा रहेको दोहनीकोट स्थानियबासीहरुले अतिक्रमण गरेका छन् । रेखदेखको जिम्मा लिएको लुम्बिनी विकास कोषको लापरवाहीको कारण स्थानियबासीहरुले त्यहा घर टहरा निर्माण गरि बसिरहेको छन् ।

 पटक पटक सुचना दिदा पनि अतिक्रमणकारीहरु त्यहाबाट हटेका छैनन् पुरातत्व बिभागको सहयोगमा तारबार गरिए पनि त्यसै भित्र जबरजस्ती घर टहरा निर्माण गरिएको छ । पुरातत्व बिभागका प्रमुख पुरातत्व अधिकृत रामबहादर कुवरले अतिक्रण क्षेत्रलाई हटाउन पहल गरिने बताउनुभयो । 
प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले लुम्बिनी विकास कोष, गाबिसबाट अतिक्रमण हटाउनकालागि जानकारी आए तत्कालै कदम चालिने बताउनुभयो । बर्षो देखि अतिक्रमणमको शिकारमा रहेको यो स्थलको संरक्षणमा कसैको ध्यान पुगेको छैन ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु