Tuesday, 26 September 2017 02:56 pm, Nepal

माथिल्लो तामाकोशीको स्थानिय शेयर वितरण रोकियो

मेचीकाली : 2015-03-22 08:52:05


दोलखा, ८ चैत :

राष्ट्रिय गौरबको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखाबासीका लागि छुट्याईएको १० प्रतिशत शेयर तत्काल वितरण नगर्ने भएको छ ।

दोलखा जिल्लाबासीको लागि छुट्ट्याइएको १०% शेयर निष्काशन गर्न सूचना प्रकाशित भएको सन्दर्भमा उठान भएका विभिन्न विषयवस्तुहरु उपर सम्बद्ध सरोकारवालाहरुसँग छलफल हुँदा प्राप्त सुझावसमेतलाई मध्यनजर गरी ती विषयवस्तुहरुलाई सम्बोधन गर्न प्रकृयागत रुपमा अघि बढ्न थप समय लाग्ने आयोजनाले जनाएको छ । दोलखा जिल्लाबासीलाई छुट्ट्याइएको १०% शेयर सुनिश्चित गरी छुट्टै विवरणपत्र प्रकाशित गर्ने गरी हाललाई सो समूहको शेयर निष्काशन कार्य स्थगन गर्ने निर्णय भएको आयोजनाले एक विज्ञप्ती जारी गरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु