Tuesday, 26 September 2017 11:50 pm, Nepal

राष्ट्रपतिले दलहरुसँग छलफल गर्ने

मेचीकाली : 2015-03-22 08:51:19


काठमाडौं, ८ चैत :

राष्ट्रपति डा रामबरण यादवले आज दलहरुसँग छलफल गर्दैहुनुहुन्छ । दलहरुबीच बढेको दुरी र आफ्नो चीन भ्रमणका विषयमा परामर्श गर्न राष्ट्रपति यादवले दलहरुलाई शीतल निवासमा बोलाउनुभएको छ । दिउँसो ४ बजेपछि दलहरुसँग छलफल हुनेछ ।

छलफलका क्रममा उहाँले आफ्नो चीन भ्रमण र त्यसमा उठाउने एजेण्डाका विषयमा छलफल हुनेछ । चीनको आइनाना प्रान्तमा हुने बोआओ एसिया सम्मेलनमा भाग लिन राष्ट्रपति यादव आउने बिहीबार चीन जाने कार्यक्रम रहेको छ ।  राष्ट्रपतिले चीन भ्रमणका सार्थ संविधान निर्माणका मुद्दामा चासो राखेर दलहरुसँग छलफल गर्न उहाँको नीजि सचिवालयले जनाएको छ ।

छलफलमा प्रमुख तीन दलका तर्फबाट भने अध्यक्षसहित तीन÷तीन जनालाई आमन्त्रण गरिएको छ । नेपाली काँग्रेसका तर्फबाट प्रधानमन्त्री एवम् सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाललाई बोलाइएको छ । यस्तै, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई आमन्त्रण गरिएको  छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु