Friday, 22 September 2017 05:39 pm, Nepal

केसीको आमरण अनसन आजदेखि फेरि सुरु हुँदै

मेचीकाली : 2015-03-22 08:50:49


काठमाडौं, ८ चैत :

डा गोविन्द केसीले आजदेखि फेरि आमरण अनसन सुरु गर्नुहुने भएको छ । चिकित्सा शिक्षा र सेवामा भएको विकृति र विसंगतिविरुद्घ आफ्नो पूर्वघोषित कार्यक्रमअनुसार आजदेखि आमरण अनशन सुरु गर्न लागेको उहाँले बताउनुभयो ।

 सरकारलाई १० बुँदे मागसहित दिएको १० दिने अल्टिमेटमको अन्तिम समयसीमा दिएको तर सरकारले सनुवाई नगर्दा आमरण अनसन सुरु गर्न लागेको बताउनुभयो । चिकित्सा शिक्षा  राष्ट्रिय नीति बनेपछि त्यसैअनुसार सम्बन्धन लगायतका अन्य माग पूरा नभएसम्म आमरण अनशन जारी राख्ने उहाँले जानकारी दिनुभयो । केसी यसअपनि चार पटक अनसन बसिसक्नु भएको हो । अस्पतालको सेवामा कुनै प्रभाव नपार्ने गरि आन्दोलन गर्ने उहाँको भनाई छ ।

 चिकित्सा शिक्षा राष्ट्रिय नीति बन्नुपर्ने उहाँको माग छ । चिकित्सा शिक्षालाई नियमन गर्नेलगायत आफूसँग भएका सम्झौताविपरीत सरकारी निकायबाट एकपछि अर्को निर्णय भइरहेको भन्दै शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ रहेका  केसी फेरि अनशनमा बस्न लाग्नुभएको हो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु