Tuesday, 26 September 2017 02:58 pm, Nepal

सहमतीमा संविधान बनाउन अझै वार्तामा बस्न प्रचण्ड तयार

मेचीकाली : 2015-03-21 17:42:52


सर्लाही, ७ चैत :

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतीमा संविधान बनाउनका लागि अझै वार्तामा बस्न आफू तयार भएको बताउनु भएको छ । आज सर्लाहीको ग्रामीण भेग हरकटवा पुग्नु भएका प्रचण्डले पत्रकार भेटघाटमा सत्तापक्षकै अडानका कारण सहमतीको वताबरण विग्रिएको धारणा राख्नुभयो ।

विगतमा राजा महाराजाले जस्तै जवर्जस्ती गरे आन्दोलन नरोकिने चेतावनी उहाँले दिनुभयो । बिस्तृत शान्ति सम्झौता, मधेस आन्दोलनपछि भएका सबै सम्झौताको भावना  संविधानमा समेटिनुपर्ने बताउँदै प्रचण्डले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेर संविधानमा सुनिश्चितगर्ने भनेको अधिकारको बिरोध अहिले एमाले र कांग्रेसले गरिरहेको आरोप लगाउनुभयो । शान्ति सम्झौतको जिवित हस्ताक्षरकर्ता भएकाले आफूले निकै लचकता अपनाएको दावी प्रचण्डको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु