Saturday, 23 September 2017 06:04 am, Nepal

राप्रपा नेपाल र राप्रपाका साझा उम्मेदवार

मेचीकाली : 2015-03-21 16:32:23


बागलुङ, ७ चैत :

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण हुने चर्चासँगै चैत २८ गते हुने बागलुङ क्षेत्र नं १ को संविधान सदस्य उपनिर्वाचनमा दुवै दलले साझा उम्मेदवार उठाएका छन् ।राप्रपा नेपाल बागलुङका अध्यक्ष नवीनचन्द्र सर्वुजामगर साझा उम्मदेवारका रुपमा चुनावी मैदानमा हुनुहुन्छ ।

राप्रपा नेपालको गाई चिह्न लिएर दुवै दल संयुक्त रुपले निर्वाचनको तयारीमा खटेका छन् । निर्वाचनका गतिविधि सञ्चालन तथा परिचालनका लागि शनिबार सम्पर्क कार्यालय पनि खोलिएको छ । बागलुङ नगरपालिका–२ सिर्जनाटोलस्थित कार्यालयको राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले उद्घाटन गर्दै राप्रपा नेपाल वैकल्पिक शक्तिको रुपमा उदाएको बताउनुभयो । सच्चा राष्ट्रवादी दल राप्रपा नेपाल र राप्रपा नेपालका साझा उम्मदेवारले निर्वाचन जित्ने दाबी गुरुङको थियो ।

राप्रपा बागलुङका अध्यक्ष टीकाराम सापकोटाको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । क्षेत्र नं १ का १९ वटा गाविस र नगर क्षेत्रमा निर्वाचन अभियान सञ्चालन गरिने संयोजक सापकोटाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु