Tuesday, 26 September 2017 11:11 am, Nepal

यमनको मस्जिदमा बम आक्रमणमा एकसय बयालीसको मृत्यु, आईएसले जिम्मेवारी लियो

एजेन्सी : 2015-03-21 14:18:02


साना, ७ चैत :

यमनको राजधानीमा अवस्थित सिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १४२ व्यक्तिको मृत्यु भएको छ भने इस्लामिक स्टेट समूहले उक्त आक्रणको जिम्मेवारी लिएको छ । सङ्घर्षग्रस्त यस मुलुकमा यस घटनालाई सबैभन्दा घातक जिहादी आक्रमणको रूपमा लिइएको छ ।

यमनमा आईएसले दाबी गरेको यो पहिलो आक्रमण हो र यसले आफूलाई बलियो शक्तिको रूपमा प्रस्तुत गरेको छ । उसका प्रतिद्वन्द्वी सबैभन्दा ठूलो जिहादी सङ्गठन अल–कायदा समूहले भने आफूले मस्जिदमा आक्रमण नगर्ने बताएको छ ।

राजधानी सानालाई हुथी सिया लडाकूले नियन्त्रणमा लिएका छन् र यो आक्रमण उनीहरूका समर्थकमाथि लक्षित रहेको थियो ।

प्रार्थनाकर्मीले घाइतेलाई पिक–अप ट्रकमा राखेर अस्पताल लगेका थिए भने अरुले त्यहाँबाट अङ्गभङ्ग भएका शरीरका भाग हटाएका थिए ।

एक आत्मघाती बम आक्रमणकारीले सानाको दक्षिणी भागमा रहेको बद्र मस्जिदमा आफूलाई विस्फोट गराएका थिए भने प्रार्थनाकर्मी भाग्दा अर्काले उनीहरूमाथि आक्रमण गरेको प्रत्यक्षदर्शीले बताए ।

अर्का आत्मघाती बम आक्रमणकारीले सानाको उत्तरी भागमा अवस्थित अल–हासहुस मस्जिदमा आक्रमण गरेका थिए भने चौथोले उक्त मस्जिदको बाहिरी भागमा आक्रमण गरेका थिए । यी जानकारी हाल हुथीको नियन्त्रणमा रहेको साबा समाचार संस्थाले दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु