Tuesday, 26 September 2017 02:51 pm, Nepal

गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस

मेचीकाली : 2015-03-21 08:43:52


काठमाडौं, ७ चैत :

कांग्रेसका सस्थापन नेता तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस आज मनाइदैछ । उहाँको निधन भएको आज ५ वर्ष पुगेको छ । कोइरालाको स्मृतिमा आज कांग्रेस केन्द्रीय तथा जिल्ला कार्यालयहरुले विभिन्न कार्यक्रम गर्दैछन् ।

स्मृति दिवसका अवसरमा अहिले बिहान पार्टी कार्यालय सानेपामा अहिले बिहान माल्यार्पणको कार्यक्रम राखिएको छ भने दिउँसो छलफल तथा अन्तरक्रिया कार्यक्रम पनि राखिएको कांगे्रस पार्टी कार्यालयले जनाएको छ । दशकौं राजनीतिमा बिताउनु भएका कोइरालाले एक दशक लामो माओवादीको सशस्त्र विद्रोहलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । कोइरालाको २०६६ साल चैत ७ गते ८५ वर्षको उमेरमा निधन भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु