Tuesday, 26 September 2017 11:59 pm, Nepal

आज अन्तर्राष्ट्रिय जातिय एवं रंगभेदविरुद्धको दिवस नेपालमा पनि मनाइँदै

मेचीकाली : 2015-03-21 08:43:20


काठमाडौं, ७ चैत :

४९औ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । “जातिय भेदभाव विरुद्ध लड्न विगतबाट पाठ सिकौ” भन्ने नाराका साथ यस बर्ष भेदभाव सविरुद्धको दिवस मनाइदैछ । दलित आयोगको संयोजनमा दलित सँग सम्बन्धित विभिन्न संघसस्थाले काठमाण्डूमा बृहत ¥याली तथा कार्यक्रम हुने भएको छ ।

बिहान ११ बजे काठमाण्डुको सहिदगेटबाट ¥याली निकालेर पुलिस क्लबमा विषेश कार्यक्रम गर्ने दलित आयोगले जनाएको छ । कार्यक्रमको प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्नुहुनेछ । दिवसको अवसरमा दलित अधिकार संरक्षण र प्रवद्र्धन गर्न महासंघको नेतृत्वमा तयार पारिएको नेपालमा छुवाछुत तथा जातीय भेदभाव अन्त्यका निम्ति ६ बर्षको रणनीतिक योजना तयार पारिएको छ । दक्षिण अफ्रिकामा सन् १९५९ मा साप भिल्ले शहरमा गोराजातिको रङ्ग विभेदका विरुद्ध आन्दोलनमा उत्रिएका ६९ जना कालाजातिको हत्या गरिएको सम्झनामा यो दिवस मनाउने गरिएको हो । संयुक्त राष्ट्रसंघले त्यस घटनालाई मानव अधिकारको हनन भनेर सन् १९६६ मा सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित पनि गरिसकेको छ । नेपालले पनि सन् १९७१ मा महासन्धीको अनुमोदन गरिसकेको छ ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु