Friday, 22 September 2017 05:36 pm, Nepal

सर्वसाधारणको बचत फिर्ता नगरी काभ्रेका दुई सहकारी भागे

मेचीकाली : 2015-03-21 08:20:43


काभ्रे, ७ चैत :

केहि वर्षअघि काभ्रेमा स्थापना भई जिल्लाका विभिन्न गाविसका सर्वसाधारणलाई सेवा प्रदान गर्दै आएका दुई वटा सहकारी संस्थाका सञ्चालक भागेका छन् । डिभिजन सहकारी कार्यालय काभ्रेमा दर्ता भएका नासिका स्थान साँगालाई कार्य क्षेत्र बनाएर दर्ता भएको हिमगिरी बचत तथा ऋण सहकारी संस्था र बनेपालाई कार्यक्षेत्र बनाएर सञ्चालन भएको सरल बचत तथा ऋण सहकारी संस्था बन्द गरेर सञ्चालक भागेका हुन् ।

यी दुवै सहकारीका सञ्चालकहरु महिनौदेखि सहकारी बन्द गरेर सम्पर्कविहिन भएको बचतकर्ताहरुले बताएका छन् । आफुहरुले बचत गरेको रकम फिर्ता नगरि सहकारी बन्द गरेर सञ्चालकहरु फरार रहेको भन्दै बचतकर्ताहरु डिभिजन सहकारी कार्यालय काभ्रेमा मौखिक तथा लिखित उजुरी परेपनि कार्यालयले भागेका सहकारी सञ्चालकलाई कारवाहि गर्न नसकेको उनीहरुको भनाई छ  । नासिकास्थान साँगा गाविसलाई कार्यक्षेत्र बनाएर २०६६ साल पुस २ गते दर्ता भएको हिमगिरी बचत तथा ऋण सहकारी संस्था विगत दुई महिनादेखि बन्द रहेको छ ।

यसैगरि बनेपा नगरपालिकालाई कार्यक्षेत्र बनाएर २०६७ साल साउन १४ गते दर्ता भएको सरल बचत तथा ऋण सहकारी संस्था पनि बचतकर्ताहरुको लाखौँ रकम नै फिर्ता नगरि फरार भएको छ । बिना धितो लाखौँ रुपैँया लगानी गरिएको ऋण उठ्न नसकेपछि सहकारी ओरालो लाग्दै गएको बचतकर्ताहरुको भनाई छ । हालसम्म काभ्रे जिल्लामा करिब एक हजार पाँच सय वटा सहकारी दर्ता भएका छन् । धेरै सहकारी हुनु र सहकारी चल्नका रुपमा एक अर्को सहकारीबीच अस्वस्थ प्रतिस्पर्धा हुँदा सहकारी डुब्ने अवस्थामा पुगेका छन् ।

हिमगिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमबहादुर तामाङले आफ्नो संस्थाले हजारौँ बचत कर्ताको बचत रकम फिर्ता गरेको दावी गरेका छन् । बचतकर्ताको रकम डुबाएर फरार रहेका दुवै सहकारीका सञ्चालकले वर्षौसम्म संस्थाको साधारण सभा गर्नको लागि डिभिजन सहकारीबाट अनुमति नलिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु