Sunday, 24 September 2017 02:34 pm, Nepal

उत्पादनमूलक कार्यक्रमतर्फ अघि बढ्न सुझाव

मेचीकाली : 2015-03-20 17:57:22


परासी, ६ चैत :

अर्थमन्त्री डा रामशरण महतले नेपालमा जे पनि उत्पादन गर्न सकिने भएकाले उत्पादनमूलक कार्यक्रमतर्फ अघि बढ्नुपर्ने बताउनुभएको छ ।नवलपरासीको गँैडाकोटमा विजय विकास स्रोत केन्द्रले आजबाट सञ्चालन गरेको ‘अल्पविकसित मुलुकबाट स्तरोन्नति’ विषयक दुई दिवसीय राष्ट्रिय सेमिनारलाई सम्बोधन गर्दै मन्त्री महतले यस्तो विचार व्यक्तगर्नुभएको हो ।

अर्थमन्त्री डा महतले देशलाई उत्पादनशील गतिविधि अघि बढाउनुपर्ने विचार राख्दै उहाँले देश उत्पादन गतिविधिबाट मात्र माथि उठ्न सक्ने बताउनुभयो ।उत्पादनशील गतिविधिले समग्र देशको आर्थिक स्थितिमा सुधार ल्याउने दाबी गर्दै मन्त्री महतले यसका लागि सबै नेपाली उत्पादनशील गतिविधिमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

देशको प्राथमिक एजेन्डाका रुपमा आएको एलडिसी ग्य्राजुएसनको प्रक्रियामा सहयोग पु¥याउने उद्देश्यले आयोजित राष्ट्रि«यस्तरको दुई दिवसीय सेमिनारमा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको छ ।सेमिनारमा नेपाल सरकार, राष्ट्रि«य योजना आयोगको सक्रियतामा नेपाल सरकारले हालैमात्र अल्पविकसित मुलुकबाट विकासशील मुलुकका रुपमा स्तरोन्नति गर्न बनाइएको कार्यक्रमको विषयमा छलफल भइरहेको छ । कार्यक्रम शनिबारसम्म चल्ने छ ।

नेपाल सरकार, राष्ट्रि«य योजना आयोगको सक्रियतामा नेपाल सरकारले हालैमात्र सन् २०२२ मा अल्पविकसित मुलुकबाट विकासशील मुलुकका रुपमा स्तरोन्नति हुने गरेको घोषणा गरिसकेको छ ।विजय विकास स्रोत केन्द्रले देशको प्राथमिक एजेन्डाका रुपमा आएको अल्पविकसित मुलुकबाट विकासशील मुलुकका रुपमा स्तरोन्नति गर्ने प्रक्रियामा सहयोग पु¥याउने उद्देश्यले राष्ट्रियस्तरको सेमिनार सञ्चालन गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु