Tuesday, 26 September 2017 02:59 pm, Nepal

भारतमा रेल दुर्घटनामा बाइसको मृत्यु

एजेन्सी : 2015-03-20 17:55:02


नयाँ दिल्ली, ६ चैत :

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा शुक्रबार बिहान भएको एक रेल दुर्घटनामा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ ।यस दुर्घटनामा परी ५० भन्दा बढी व्यक्ति घाइते भएका एकजना वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्नसक्ने पनि प्रहरीले अनुमान गरेका छन् । सो दुर्घटनामा परी ज्यान जानेमा केही बालबालिका पनि परेका जनाइएको छ ।

देहरादुन–बारानासी जनता एक्प्रेस नामक सो रेलका दुई वटा डिब्बा पटरीबाट छुट्टिएपछि सो दुर्घटना भएको स्नाथीय टेलिभिजन च्यानल टाइम्स नाउले जानकारी दिएको छ ।रेलवे अधिकारीहरु दुर्घटनास्थल पुगेका र उद्धारलयागतको सहायताको कार्य जारी रहेको जानकारी दिइएको छ ।

भारतको रेल एक प्रमुख सवारीसाधनको रुपमा रहेको र हरेक दिन लाखौँ व्यक्तिले रेलमा यात्रा गर्ने हुनाले रेल दुर्घटना भइरहने पाइन्छ ।गत महिनामा पनि दक्षिणी भारतमा भएको एक यात्रुबाहक रेल दुर्घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको थियो ।यसैबीच रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिका परिवारलाई प्रति व्यक्ति दुई लाख भारतीय रुपैयाँ दिइने रेलवे अधिकारीहरुले घोषणा गरेका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु