Saturday, 23 September 2017 05:51 am, Nepal

विश्वकप : क्वाटरफाइनलबाटै बाहिरियो पाकिस्तान, अष्ट्रेलिया सेमिफाइनलमा

मेचीकाली : 2015-03-20 16:23:56


-भारतसँगको भिडन्त पक्का

आयोजक अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको तेस्रो क्वाटरफाइनलमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको हो । अब उसले फाइनल प्रवेशका लागि डिफेन्डिङ च्याम्पियन भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । आज पाकिस्तानले दिएको २ सय १४ रनको चुनौती पछ्याएको अष्ट्रेलियाले ३३ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै २ सय १६ रन बनायो ।

उसका लागि स्टिभ स्मिथले ६५ रन बनाए भने सेन वाट्सनले अविजित ६४ रन बनाए । यस्तै ग्लेन म्याक्सवेलले ४४ रनको योगदान दिए । सुरुवातमा तीन विकेट गुमाएर धर्मराएको अष्ट्रेलियाको पारी स्मिथ र वाट्सनले उकासेका थिए । यसअघि सुरुआती व्याट्सम्यानहरुलाई सस्तैमा गुमाएको पाकिस्तानको ब्याटिङ लाइन अप एकपटक फेरि चल्न नसक्दा पाकिस्तानले खेलमा १ बल बाँकी छँदा अलआउट हुँदै २ सय १३ रन जोडको थियो ।

पाकिस्तानका लागि ह्यारिस सोहेलले ४१ रन, मिसवाह उल हकले ३४ रन जोडे । यसैगरी, सोहेब मक्सुदले २९ रन, साहिद अफ्रिदीले २३ रन तथा उमर अकमलले २० रनको योगदान दिए । बलिङतर्फ अष्ट्रेलियाका जोस हेजलउडले ४ विकेट लिए । अब विश्वकपको अन्तिम क्वार्टरफाइनल खेलमा भोली आयोजक न्यूजिल्यान्डसँग वेस्ट इन्डिजले खेल्नेछ । भोलीको विजेताले फाइनल प्रवेशका लागि दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु