Tuesday, 26 September 2017 11:05 am, Nepal

हेम्जामा तेह्र करोड मूल्यको आलु उत्पादन

मेचीकाली : 2015-03-20 13:57:53


पोखरा, ६ चैत :

पोखरा उपमहानगरपालिका–२७ हेम्जामा यस वर्ष रु १३ करोड मूल्यको आलु उत्पादन भएको छ ।सो वडामा यस वर्ष पाँचदेखि १५ प्रतिशतले आलु उत्पादनमा वृद्धि भएको कृषि सेवा केन्द्र हेम्जाका प्रमुख गुरुप्रसाद अर्यालले जानकारी दिनुभयो ।

हिउँदमा पानी परेको र डढुवा रोग नलागेकाले उत्पादन बढेको उहाँले बताउनुभयो । यस वर्ष आठ हजार मेट्रिक टन आलु उत्पादन भएको अनुमान गरिएको छ ।गत वर्ष डढुवा रोग लाग्नु र कृषकले सधैँ एमएस ४२–३ जातको निलो आलु लगाउँदा उत्पादनमा कमी आएको कृषक चित्रनाथ पौडेल बताउनुहुन्छ ।गत वर्ष त्यहाँका कृषकले सात हजार मेट्रिक टन आलु उत्पादन गरी करिब रु १२ करोड आलुबाटमात्रै कमाइ गरेका थिए । कृषकले यो वर्ष ४८० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो ।

यस गाविसका एक हजार ८५ परिवार व्यावसायिक रुपमा आलुखेती गर्ने गर्दछन् । कृषकले आलुखेतीका लागि चितवन, नवलपरासी, बागलुङ, म्याग्दीबाट बर्सेनि रु पाँच करोड मूल्यको कुखुराको सुली आर्यात गर्ने गर्दछन् ।हेम्जाका कृषकले आलुबाहेक अन्य तरकारीखेती पनि गर्दछन् । यहाँका कृषकले सबै तरकारी खेतीबाट बर्सेनि रु एक अर्बभन्दा बढी आम्दानी गर्ने गरेको बताइएको छ ।

काउली, गोलभेँडा, च्याउ, बन्दागोभी, सिमी, काँक्रो, भन्टालगायतका तरकारी खेतीबाट कृषकले मनग्ये आम्दानी गर्ने गर्दछन् ।यस गाविसमा सिँचाइको राम्रो व्यवस्था भएकाले सबै खेतीपातीको उत्पादन सन्तोषजनक हुने गरेको मीनबहादुर थापा बताउनुहुन्छ ।कृषकले जैविक मल प्रयोग गरेर तरकारी खेती गर्ने गरेकाले यहाँबाट उत्पादित तरकारी स्वादिष्ट हुने गर्दछ ।

यसैबीच पाँचाँै हेम्जा आलु महोत्सव यही चैत २३ गतेदेखि २९ गतेसम्म गरिने भएको छ । ‘चीज एक, स्वाद अनेक’ नाराका साथ हुने उक्त महोत्सवमा १२ वटा आलुका परिकारका कक्ष, ५० वटा व्यावसायिक र ३० वटा कृषि प्रविधि, एक÷एक वटा प्राथमिक उपचार र सूचना केन्द्रका कक्ष राखिने भएको छ ।

महोत्सवमा आलुको खरिद बिक्री गर्नुका साथै आलुका विभिन्न परिकारको स्वाद लिन पाइनेछ । करिब एक लाख ५० हजार सर्वसाधारणले महोत्सवको अवलोकन गर्ने बताइएको छ । हेम्जा गाउँलाई देशभर चिनाउने उद्देश्यले विष्णुपादुक क्लब हेम्जाले महोत्सव आयोजना गर्न लागेको आयोजक समितिका संयोजक रमेश कार्कीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु