Sunday, 24 September 2017 12:28 pm, Nepal

काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइदै

मेचीकाली : 2015-03-20 08:39:58


काठमाडौं, ६ चैत :

काठमाडौ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै छ । हरेक वर्ष चैत्रकृष्ण औंसीका दिन घोडेजात्रा पर्व मनाउने चलन छ । घोडेजात्राको अवसरमा नेपाली सेनाले आज राजधानीको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दैछ । दिउँसो साढे १ बजेपछि सैनिक मञ्च टुडिखेलमा विषेश कार्यक्रम गरिदैछ ।

यसक्रममा नेपाली सेनाले शारीरिक व्यायाम, जिम्नाष्टिक, अश्वकला, मोटरसाइकल खेल र युद्धकलाको प्रदर्शन गर्नेछ । उपत्याकाका नेवार समुदायले भने आजको दिनलाई पिशाच चतुर्दशीका रुपमा भोजभतेर गरेर मनाँउछन् । ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने गरिन्छ । प्रचीनकालमा गुरुमापा नामक राक्षसले बालबालिका खाएर दुःख दिएपछि तान्त्रिकको सल्लाहमा स्थानीय बासिन्दाले उक्त राक्षसलाई समातेर टुँडिखेलको बीचमा लगेर गाडेको र त्यस राक्षसको शक्ति क्षीण गर्न शक्तिको प्रतीक घोडालाई दौडाएको किम्बदन्ती छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु