Wednesday, 20 September 2017 06:45 pm, Nepal

काठमाडौंको बसन्तुपुरमा किशोरीमाथि एसिड आक्रमण गर्ने पक्राउ

मेचीकाली : 2015-03-20 08:39:35


पत्रकार सम्मेलन गरेर अभियुक्त सार्वजनिक गरिने
काठमाडौं, ६ चैत :

प्रहरीले लामो अनुसन्धान पछि काठमाडौंको वसन्तपुरमा दुई जना किशोरीमाथि एसिड फाल्नेलाई पक्राउ गरेको छ । गएराती उनीहरुलाई पक्राउ गरेको एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । एसिड आक्रमणबाट गम्भीर घाइते भएकी संगीता मगर बस्दै आएको वसन्तपुर क्षेत्रको घरमै यसअघि भाडामा बस्दै आएको जीवन बिक पक्राउ परृकाृ प्रहरीले बताएको छ ।

गत फागुन पहिलो साता एसएलसीको ट्युसन पढ्न गएका बेला संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण भएको थियो । गतसाता मात्रै प्रहरीले पत्रकार सम्मेलन गरेर अनुसन्धान शुन्यकै अवस्थामा रहेको बताएको थियो । त्यसलगत्तै प्रहरीले अनुसन्धान तीब्र पार्दै अभियुक्त पक्राउ गरेको हो । अहिले संगीता र सीमाले अस्पतालबाटै एसएलसीमा सहभागिता जनाइरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु