Tuesday, 26 September 2017 12:35 am, Nepal

अफगानिस्तानमा ट्रकबम आक्रमणमा सातको मृत्यु, एकचालीस घाइते

एजेन्सी : 2015-03-19 17:39:52


कन्दहार (अफगानिस्तान), ४ चैत :

अफगानिस्तानको दक्षिणी भागमा वरिष्ठ प्रहरी अधिकारीहरूलाई लक्ष्य गरी तालिवानले गराएको ट्रकबम आक्रमणमा सात सामान्य नागरिकको मृत्यु हुनाका साथै अन्य ४० घाइते भएको जानकारी अधिकारीहरूले दिएका छन् । यस क्षेत्रमा सेना गत महिनादेखि विद्रोहीसँग सङ्घर्षरत रहेको छ ।

आत्मघाती बम आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको ट्रक हेलमान्ड प्रान्तको केन्द्र लस्कर गाहमा प्रान्तीय परिषदका प्रमुख तथा प्रान्तीय प्रहरी उप्रमुखका निवासनजिकै विस्फोट गराएको स्थानीय एक वरिष्ठ अधिकारीले बताए ।

प्रान्तीय उपप्रमुख मोहमद जन रसोलयारले यस घटनामा सात व्यक्तिको मृत्यु भएको तथा ४१ घाइते भएको जानकारी दिनुभयो ।मानव बेचबिखन तथा अपहरणका विषयमा एक सम्मेलनमा सरकारी अधिकारी, नागरिक समाजका सदस्य तथा पत्रकारहरूको भेला भएकोमा उक्त भेलालाई आक्रमणमा लक्ष्य बनाइएको उहाँले उल्लेख गर्नुभयो ।

घाइते हुनेमा प्रान्तीय सरकारका प्रवक्ता ओमार झवाक पनि परेको र उहाँँलाई अस्पताल लगिएको बताइएको छ ।प्रहरीका एक वरिष्ठ अधिकारीले आफ्नो परिचय नदिने सर्तमा उक्त आक्रमण भएको पुष्टि गरे । ती अधिकारीले उक्त क्षेत्रका भवन क्षतिग्रस्त भएको पनि जानकारी दिए । गृह मन्त्रालयले पनि एक विज्ञप्ति प्रकाशन गरी उक्त आक्रमणको पुष्टि गरेको छ ।

अफगानिस्तानको सेनाले हेलमान्ड प्रान्तमा तालिवान लडाकूमाथि आक्रमण आरम्भ गरेको थियो । अमेरिकी नेतृत्वमा नेटोको युद्ध अभियान गत डिसेम्बरमा अन्त्यभएपछि यस कारवाहीलाई विद्रोहीलाई नियन्त्रण गर्ने सेनाको क्षमता परीक्षणको रूपमा लिइएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु