Sunday, 24 September 2017 02:32 pm, Nepal

अनुभवी नेताको जमघट भए पनि संविधान जारी हुन नसक्नु दुर्भाग्य : थापा

रासस : 2015-03-19 17:27:23


काठमाडौँ, ५ चैत :

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाले सबै राजनीतिक दल एक ठाउँमा उभिएर संविधान जारी गर्ने मिति तोक्ने र बाँकी कामको यथाशक्य छिटो कार्यसूची बनाउने हो भने विश्वासको वातावरण बन्दै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

आफ्नो ८८औँ जन्मोत्सवको उपलक्ष्यमा आज आयोजना गर्नुभएको पत्रकार भेटघाटमा उहाँले संविधान निर्माणमा जुट्नुको साटो एकले अर्कालाई दोषारोपण गर्दैमा अब जनताले चित्त बुझाउने अवस्था नरहेको टिप्पणी गर्नुभयो ।

      पूर्वप्रधानमन्त्री थापाले भन्नुभयो, “संविधान लेख्न नसक्नुको दोष हामी सबैले लिनुपर्छ, जनतासमक्ष बाचा गरेअनुरूप संविधान दिने काममा अहिलेसम्म असफल हुँदै आएका छौँ, जनतामा अहिले बिल्कुल असन्तोष र निराशा छाएको अवस्था छ ।”

     ‘‘मुलुकमा राजनीतिक परिवर्तनको आन्दोलनमा ठूलो योगदान दिएका, युद्ध लडेका दक्ष र अनुभवी नेताको संविधानसभामा जमघट भए पनि दुईपटक संविधानसभाको निर्वाचन हुँदासमेत संविधान जारी गर्न नसक्नु दुर्भाग्य हो’’ उहाँले भन्नुभयो ।

    महिला, आदिवासी जनजाति, दलित र पछि परेका समुदायको मागलाई सम्बोधन गर्दै समाजमा उपलब्ध साधन स्रोतमा आपसमा समानता र समान व्यवहार भएको महसुस नभएसम्म राजनीति दलका नेताहरू मिल्दैमा समस्या समाधानमा कठिनाइ हुने तर्क गर्दै पूर्वप्रधानमन्त्री थापाले ‘‘यो विषयमा केन्द्रित गरेर समाजका सबै पक्षलाई समान हकदार नबनाएमा आर्थिक र राजनीतिक सुधार गर्न सकिँदैन, स्थिति अझ बिग्रन सक्छ’’ भन्नुभयो ।

    सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “भिन्न आदर्श र सिद्धान्त बोकेका राप्रपा र राप्रपा नेपालबीचको एकीकरणको एउटा पक्षले सिद्धान्त नछोडेसम्म सम्भव छैन, अहिले त्यो छोडिहाल्ने अवस्थामा कोही पनि देखिएको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु