Friday, 22 September 2017 05:36 pm, Nepal

अफगानिस्तानमा एघार तालिवान मारिए

एजेन्सी : 2015-03-19 13:21:56


काबुल, ५ चैत :

अफगानिस्तानमा यहाँका तालिबानविरुद्ध अफगान राष्ट्रिय प्रहरीले जारी राखेका कारबाहीमा परी ११ तालिवान मारिएका छन् ।अफगानिस्तानको राष्ट्रिय प्रहरीले गत २४ घण्टाभित्र विभिन्न स्थानमा गरेको कारबाहीका क्रममा ती हतियारधारी मारिएका समाचारमा जनाइएको छ ।

अफगानिस्तानका कुनार, कान्दाहार,उरुज्गान,लोगार,गजनी, हेरात,फराह, र हेलमान्ड प्रान्तका विभिन्न स्थानमा सो कारबाही भएको बताइएको छ ।गएको २४ घन्टामा भएको सो कारबाहीका क्रममा ती तालिवान मारिएको अफगानिस्तानको राजधानी काबुलबाट प्राप्त समाचारमा जनाइएको छ ।

अफगानिस्तानको गृह मन्त्रालयले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ । सो कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहतको समाचार नभएको जनाइएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु