Tuesday, 26 September 2017 02:56 pm, Nepal

औद्योगिक क्षेत्रमा उद्योग छैन

मेचीकाली : 2015-03-19 13:20:56


काठमाडौँ, ५ चैत :

औद्योगिक प्रवद्र्धनका लागि भनेर खडा गरिएका संरक्षित क्षेत्रमा उद्योगको स्थापना नहुँदा सरकारले ४५ वर्ष अगाडि तोकेको औद्योगिक क्षेत्र अहिले गौचरन भएको छ । राजविराज र धनकुटामा स्थापना भएका औद्योगिक क्षेत्रमा उद्योगको स्थापना हुन नसक्दा ती क्षेत्र प्रयोगमा आउन नसकेका हुन् ।
 विसं २०४५ मा स्थापना भएको राजविराज र धनकुटाको औद्योगिक क्षेत्रमा उद्योग स्थापना हुन नसकेको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले जानकारी दिनुभयो ।“राजविराजमा नामका लागि मात्र केही उद्योग स्थापना भएका छन् । ती कागजमा मात्र सीमित छन् । औद्योगिक क्षेत्र घोषणा गरिएको जग्गा छ तर उद्योग छैन” न्यौपानेले भन्नुभयो ।

सोही समयतिर स्थापना भएको धनकुटाको औद्योगिक क्षेत्रमा पनि कुनै उद्योग स्थापना भएको छैन । यस औद्योगिक क्षेत्रमा उद्योगहरु आकर्षित गर्ने कुनै काम हुन सकेको छैन । महानिर्देशक न्यौपानेका अनुसार धनकुटामा जुस वा वाइन फ््याक्ट्री सञ्चालन हुन सक्थ्यो तर त्यसको प्रयास नै भएन ।उहाँ भन्नुहुन्छ, “तेह्रथुम, धनकुटा, सङ्खुवासभा र भोजपुर जिल्लामा उपलब्ध कच्चापदार्थका आधारमा त्यहाँको सम्भावना हेरेर औद्योगिक क्षेत्रको विस्तार गरिनु पथ्र्यो, त्यो गरिएन ।”

सुनसरी–मोरङ करिडोरमा औद्योगिक क्षेत्र थिएन । सिमरा–विरगन्जसम्म कुनै औद्योगिक क्षेत्र बनाएको होइन । तर त्यहाँ धमाधम उद्योग स्थापना भए । त्यस क्षेत्रमा प्रशस्त उद्योग सञ्चालनमा छन् ।महानिर्देशक न्यौपानेका अनुसार उद्योग स्थापनाका लागि यातायात तथा विद्युत अपरीहार्य छ । कच्चा पदार्थ र मजदुरका दृष्टिकोणबाट पनि उद्योगको स्थापनामा भर पर्छ ।

उहाँ भन्नुहुन्छ, “विगतमा उद्योगको सम्भाव्यता कता छ भन्नेमा ध्यान दिइएन । औद्योगिक क्षेत्रको मर्मत सम्भार तथा पूर्वाधार अत्यन्त कमजोर देखियो । त्यसले गर्दा औद्योगिक लगानी प्रभावकारी भएन ।”

स्वदेशी उद्योगको दृष्टिकोणले पकेट क्षेत्र हेर्नुपर्ने महानिर्देशक न्यौपानेको भनाइ छ । उहाँ भन्नुहुन्छ, “वन र उद्योग, पर्यटन र उद्योग, खानी र उद्योगबीचको ‘लिङ्केज’ अत्यन्त जरुरी छ ।”

निजी क्षेत्रले चलाएका उद्योगहरु मात्र नाफामा छन् । सरकारले दिने सेवा राम्रो नहुँदा ती उद्योगको विस्तार हुन सकेको छैन । डावर, वोटलर्स र युनिलिभरजस्ता अन्तर्राष्ट्रिय कम्पनीले नेपालमा ठूलो लगानी गरेका छन् । यस्ता उद्योग अझै आउन बाँकी छ ।

महानिर्देशक न्यौपानेले उद्योग स्थापना हुन नसक्नुका कारण उल्लेख गर्दै भन्नुभयो–“एकीकृत सम्पत्ति कर लगाउने अवस्थाले उद्योग फष्टाएन । विदेशमा निकासी गर्नेले अन्तःशुल्क फिर्ता पाउँछ, त्यस्तो व्यवस्था नेपालमा भएन ।”बैंकको निक्षेपमा २ प्रतिशत ब्याजदर दिने तर कर्जामा १२ प्रतिशत तिर्नुपर्ने अवस्थाले पनि समस्या भएको हो । बैकिङ् क्षेत्रले अर्थतन्त्रको क्षेत्रलाई पनि योगदान गर्नुप¥यो ।

अव त्यस्ता कमजोरी औद्योगिक क्षेत्रबाट हट्नुपर्ने उहाँको भनाई छ । निकासीजन्य उद्योगलाई सुविधा दिने, अनलाईन प्रणलाीमा जाने, राजनीतिक स्थिरता हुने, सरकारको स्थायित्व हुने र नीतिगत निरन्तरता हुने महानिर्देशक न्यौपानेले विश्वास व्यक्त गर्नुभयो ।देशभर सञ्चालनमा रहेका १२ वटा औद्योगिक क्षेत्र मध्ये बालाजु औद्योगिक क्षेत्रमात्र नाफामा छ, त्यो पनि भाडा उठाएर । अन्य सबै औद्योगिक क्षेत्र तथा उद्योग घाटामा छन् । घाटा खाएर औद्योगिक क्षेत्र तथा उद्योग सञ्चालन हुनुभन्दा निजी क्षेत्रलाई दिनुपर्नेमा महानिर्देशक न्यौपानेको जोड छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु