Sunday, 24 September 2017 12:23 pm, Nepal

शान्तिवार्तासँगै भिडन्त पनि जारी

एजेन्सी : 2015-03-18 14:52:04


याङ्गोन, ४ चैत :

म्यानमारमा सरकार र विद्रोहीबीच जारी रहेको शान्ति वार्ताकै क्रममा एक विद्रोही समूहले सरकारी सेनामाथि जाइलाग्दा बुधबार बिहानैदेखि भिडन्त भएको समाचार छ ।म्यानमारको कोक्याङ् क्षेत्रमा सो विद्रोह भएको समाचारमा जनाइएको छ । जारी रहेको सो वार्ताकै सहभागी एक समूह र सरकारी सैनिकबीच भिडन्त भएको बताइएको छ ।

म्यानमारको लौकाई क्षेत्रनजिकै रहेको सो विद्रोहमा परी तीनजना सैनिक मारिएका छन् । प्राप्त समाचारमा ती सैनिकमाथि विद्रोहीले आक्रमण गरेको जनाइएको छ ।कोक्याङ् नामको एक जातीय समूहले युद्धविरामको अन्त्यगर्दै सो आक्रमण गरेको बताइएको छ । म्यानमारको उत्तरी क्षेत्रमा सो समूहको प्रभाव रहेको छ ।उता विद्रोहीहरुले भने सरकारले वार्ता सुरु गरेको समयमा सरकारी सेनाले उक्त क्षेत्रलाई आफ्नो नियन्त्र णमा लिने प्रयास गरेको थियो ।

उक्त क्षेत्रमा केही हप्तामात्र अघि पनि म्यानमार सैनिकले हवाई आक्रमण गरी त्यहाँबाट विद्रोहीलाई हटाएको थियो ।विद्रोही हटेपछि सो क्षेत्रमा म्यानमारको सरकारी सेनाले नै नियन्त्रण कायम गरिरहेको छ । लौकाइमा रहेको एक पहाड रणनैतिक हिसाबले पनि महत्वपूर्ण रहेको छ ।

एक अर्कामाथि आक्रमणका लागि सजिलो ठानिएको सो पहाडलाई आफ्नो पक्षमा लिने रणनीतिस्वरुप नै सो क्षेत्रमा बारम्बार भिडन्त हुने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु