Wednesday, 27 September 2017 12:00 am, Nepal

इजरायलमा प्रधानमन्त्रीको दल विजयी

एजेन्सी : 2015-03-18 14:51:07


तलेअभिव, ४ चैत :

इजरायलमा मङ्गलबार सम्पन्न आम निर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक दलले विजय हासिल गरेको अनौपचारिक समाचारमा जनाइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार प्रधानमन्त्री नेतान्याहूको राजनीतिक दल लिकुड पार्टीले विजय हासिल गरेको बताइएको छ । यद्यपि यसको औपचारिक घोषणा भने गरिएको छैन ।

बुधबार बिहानसम्म सो आमनिर्वाचनको झन्डै ९९ प्रतिशत मतगणना सकिएको छ । सो मतगणनापछिको अनुमानअनुसार उक्त दलले विजय हासिल गर्ने निश्चित भएको बताइएको छ ।

यस विजयको घोषणा प्रधानमन्त्री नेतान्याहूले यसअघि नै गरिसक्नुभएको छ । तर विपक्षी दल जियोनिष्ट युनियनका नेता आइज्याक हर्जोेगले त्यसलाई स्वीकार नगर्ने बताएको समाचारमा जनाइएको छ ।

मङ्गलबार भएको सो आमनिर्वाचनमा उहाँको दलले विजय हासिल गर्ने र थोरैमात्र स्थानले उक्त दलले नेतृत्व गर्ने भनी दिइएका निर्वाचन सर्वेक्षणअनुसार उहाँले हिजो नै सो प्रतिक्रिया दिनुभएको थियो ।

तर सो निर्वाचनमा कुन दलले कति स्थान हासिल ग¥यो र कुन स्थानमा रहेको छ भन्ने बारेको सूचना भने केही दिइएको छैन । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु