Sunday, 24 September 2017 12:28 pm, Nepal

विश्वकप क्रिकेट : श्रीलंकालाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश

मेचीकाली : 2015-03-18 14:45:11


श्रीलंकालाई पराजित गर्दै दक्षिण अफ्रिका विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । आज भएको पहिलो क्वाटरफाइनलमा दक्षिण अफ्रिकाले अघिल्लो विश्वकपको उपविजेता श्रीलंकालाई ९ विकेटले पराजित गरेको हो । श्रीलंकाले दिएको १ सय ३४ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभरमा १ विकेटमात्रै गुमाएर भेट्टायो । उसका लागि क्विन्टन डे ककले सर्वाधीक ७८ रन बनाए ।

यसअघि निकै कमजोर ब्याटिङ गरेको श्रीलंकाले ३७ दशमलव २ ओभरमा अलआउट हुँदै १ सय ३३ रन बनाएको थियो । उसका लागि कुमार सांगाकाराले ४५ तथा लाहिरु थिरिमनेले ४१ रन बनाए भने अन्य ब्याट्सम्यान सस्तैमा आउट भए । श्रीलंकाका ओपनर कुशल परेर शुन्यमा आउट हुँदा तिलकरत्ने दिल्सान ३ रनमा आउट भएपछि श्रीलंकाली टिम सुरुबाटै दबाबमा परेको थियो । सांगाकारा र थिरिमनेले श्रीलंकाली पारी उकास्ने प्रयास गरे पनि सफल हुन सकेनन् । ८१ रन बनाउँदा ३ विकेट गुमाएको श्रीलंकाले त्यसपछि लगातार विकेट गुमाएको थियो । दक्षिण अफ्रिकाका जेपी डुमेनीले विश्वकपमा दक्षिण अफ्रिकाको तर्फबाट पहिलोपटक ह्याट्रिक गरे ।

३३ ओभरको अन्तिम बलमा पहिलो विकेट लिएका उनले ३५ ओभरको पहिलो र दोस्रो बलमा थप दुई विकेट लिए । यस्तै अर्का बलर इमरान ताहिरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । विश्वकपको अर्को क्वाटरफाइनलमा भोली भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै पर्सि शुक्रबार अष्ट्रेलिया र पाकिस्तान भिड्नेछन् भने शनिबार न्युजिल्याण्ड र वेष्टइण्डिजबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु