Tuesday, 26 September 2017 11:16 am, Nepal

अब पर्खन सकिन्न – देउवा

मेचीकाली : 2015-03-18 11:35:00


पोखरा, ४ चैत :

पूर्व प्रधामन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रम छोडेर वार्तामा आउन एकीकृत नेकपा (माओवादी) नेतृत्वको ३० दलीय मोर्चासँग आग्रह गर्नुभएको छ ।नेपाल प्रेस युनियन कास्कीले  आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले विपक्षी मोर्चा वार्तामा नआए प्रक्रियाबाटै संविधान जारी गरिने चेतावनी दिनुभयो ।

आफूले भनेका कुरा माने सहमति हुने नत्र सहमति नहुने अहम् एमाओवादीले छाड्नुपर्ने उहाँको भनाइ थियो ।संविधानका अन्तरवस्तुमा सहमति जुटाउन सत्ता पक्षले धेरै समय पर्खेको बताउँदै वरिष्ठ नेता देउवाले अब भने धेरै पर्खन नसकिने विचार व्यक्त गर्नुभयो ।

वरिष्ठ नेता देउवाले भन्नुभयो – एमाओवादीले संविधानसभा छोड्दै छोड्दैनन् भन्ने विश्वास छ, छोडेर गए पनि संविधान बनाएपछि मात्रै होला ।उहाले विगतमा कैलाली, कञ्चनपुरलाई सेती–महाकालीमै राख्ने र आवश्यक परे जनमत सङ्ग्रह गर्न मुख्य तीन दलका अध्यक्ष सहमत भएका हुन् भन्दै आवश्यक परे जनमत सङ्ग्रहमा जान सकिन्छ भन्ने सहमत समेत भएको खुलासा गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु