Sunday, 24 September 2017 12:30 pm, Nepal

उखुको मुल्य माग्दै किसानको एकल अनसन शुरु

मेचीकाली : 2015-03-18 08:47:58


सर्लाही, ४ चैत :

जिल्ला प्रशासन कार्यालय अगाडी उखुको भुक्तानि माग्दै एक किसान मंगवार देखि एकल अनशन बसेका छन् ।  धनगढा–४ का ३७ वर्षीय कमलदेव भन्ने लक्ष्मण राय उखुको मुल्य माग्दै जिल्ला प्रशासन कार्यालय सर्लाही अगाडी मंगलवार दिउँसो १ बजे देखि एकल अनसन शुरु गरेका छन् ।

चिनी उद्योग बन्द हुन एक महिना मात्र बाँकी रहेको अवस्थामा समेत उखुको मुल्य निर्धारण हुन नसकेको भन्दै उखुको मुल्य तत्काल निर्धारण गर्नु पर्ने, विगत वर्षको किसानहरुको भुक्तानी दिनुपर्ने, चिनी मिलमा हुने गरेको दलाली रोक्नुपर्ने र सरकारले तोकेको पेस्की रकम दिनु पर्ने माग राख्दै राय अनसन बसेका छन् । अन्नपूर्ण चिनी उद्योग पश्चिम धनकौल सर्लाहीले गत वर्षको भुक्तानी किसानलाई दिन २ करोड ३६ लाख रुपैया बाँकी रहेको प्रमुख जिल्ला अधिकारी चपागाईले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु