Tuesday, 26 September 2017 02:58 pm, Nepal

राष्ट्र बैंकको गर्भनरमा आज नाम सिफारिस हुन सक्ने

मेचीकाली : 2015-03-18 08:46:33


काठमाडौं, ४ चैत :

नेपाल राष्ट्र बैंकको गभर्नरमा आज नाम सिफारिस हुने भएको छ । अर्थमन्त्री रामशरण महत नेतृत्वको तीन सदस्यीय सिफारिस समितिले आज तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको छ । समितिले आज गरेको सिफारिसका आधारमा भोलि मन्त्रिपरिषदबाट सरकारले गभर्नर चयन गर्नेछ ।

मन्त्री महत नेतृत्वको समितिमा पूर्व गर्भनर हिमालयशम्सेर राणा, र अथविद् पार्थिवेश्वर तिमिल्सेना सदस्य हुनुहुन्छ । समितिका सदस्य तिमिल्सेनालहिजो पनि थप छलफल भएको र आज साँझ सम्ममा नाम सिफारिस गर्ने सीआइएनलाई जानकारी दिनुभयो । गर्भनरमा कसलाई सिफारिस गर्ने भन्नेमा नै दलहरुबीच आन्तरिक कसरत सुरु भएको छ । नेपाली कांग्रेसभित्रै नै मन्त्रीहरु दुईभागमा बाँडिएका छन् । गर्भनरका लागि युवराज भूषाल, चिरन्जीवी नेपाल, रामेश्वर खनाल, लगायतकाहरुको नाम चर्चामा रहेको छ ।  आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरेपछि गभर्नर युवराज खतिवडाले  पर्सिदेखि अवकाश लिनुहुनेछ ।   

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु