Friday, 22 September 2017 05:38 pm, Nepal

हिन्दु राष्ट्र स्थापनाको विकल्प छैन : थापा

मेचीकाली : 2015-03-17 18:52:48


भद्रपुर, ३ चैत :

राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले मुलुकमा सनातनदेखि चल्दै आएको हिन्दु राष्ट्र स्थापनाको विकल्प नरहेको बताउनुभएको छ । राप्रपा (नेपाल) भद्रपुर नगर समितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले राष्ट्रवाद र प्रजातन्त्रलाई बलियो बनाउन नेपाली जनता जागरुक हुनुपर्ने बताउँदै मुलुकको वर्तमान राजनीतिक अवस्थाले हाम्रो पार्टीलाई झन् चिन्तित बनाएको छ भन्नुभयो ।

मुख्य राजनीतिक दलहरुले अपनाएको बाटो र नीतिले गर्दा मुलुकमा अनिश्चितता एवम् अराजकता बढेकोमा जोड दिँदै अध्यक्ष थापाले नयाँ संविधान आउला भन्ने कुरामा विश्वास नरहेको धारणा राख्नुभयो ।

आयोजक समितिका अध्यक्ष देवु घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टीका युवा नेता राजेन्द्र लिङ्देन, सभासद् भक्तबहादुर खपाङ्गी र राजाराम बर्तौलाले पनि बोल्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु