Tuesday, 26 September 2017 11:56 pm, Nepal

काभ्रेको पाँचखालमा कृषि क्याम्पस सञ्चालन हुने

मेचीकाली : 2015-03-17 18:51:09


काभ्रे, ३ चैत :

काभ्रे जिल्लाको उर्बर भूमिको रुपमा रहेको पाँचखालमा कृषि क्याम्पस सञ्चालन गरिने भएको छ । जिल्ला विकास समितिको कार्यालय काभ्रेको पहलमा जिल्लाको पाँचखाल क्षेत्रमा सार्वजनिक नीजि साक्षेदारी पिपिपि को अवधारणा अनुसार सञ्चालन हुने गरि कृषि क्याम्पस संचालनको लागि बजेट विनियोजन गरि काम अघि बढाइएको स्थानीय विकास अधिकारी चिरञ्जिवी तिम्सिनाले जानकारी दिए ।

हालै २३ औँ जिल्ला परिषद्मा कृषि क्याम्पस स्थापना र संचालनलाई पहिलो बिशेष प्रस्तावको रुपमा पारित गरिएको थियो । तिम्सिनाले कृषि क्याम्पस स्थापनाका लागि आगामी आर्थिक वर्ष २०७२÷७३ को बजेट, नीति तथा कार्यक्रममा ४० लाख रुपैँया विनियोजन गरिएको बताए । उनले कृषि क्याम्पस संचालनका लागि आवश्यक प्राविधिक, आर्थिक तथा प्रशासनिकलगायतका क्षेत्रमा आवश्यक सहयोगका लागि सम्बन्धित सरोकारवाला निकायसँग अनुरोध गर्ने बताए ।

यसैगरि परिषद्ले पाँचखाल क्षेत्रलाई अर्गानिकयुक्त तरकारी पकेट क्षेत्रको रुपमा अगाडि बढाउन तथा जिल्लाको विभिन्न स्थानमा सुरु भएको चिया तथा कफी खेति विस्तारका लागि आवश्यक सहयोग गर्नका लागि कृषि विकास मन्त्रालयमा अनुरोध गर्ने प्रस्ताव समेत पारित गरेको छ । परिषद्ले जिल्ला भएर बग्ने सुनकोशी नदीलाई मादनकुडाँरी गाविसको दोभानटारमा बाँधबाँधी जलाशययुक्त विद्युत आयोजनाबाट ५३६ मेगावाट विद्युत उत्पादन सक्ने प्रारम्भिक सम्भाव्यता अध्ययनबाट देखिएको हुँदा उक्त परियोजनालाई राष्ट्रिय गौरबको योजनामा समावेश गरि कार्य अगाडि बढाउन उर्जा मन्त्रालयलाई अनुरोध गर्ने भएको छ । यस्तै जिल्लाको दोलालघाटदेखि सिपाघाटसम्मको क्षेत्रलाई समेट्ने ईन्द्रावती नदीमा ड्याम बाँधी जलाशययुक्त विद्युतीकरण आयोजनाको विस्तृत सम्भावयता अध्ययनको कार्य अघि बढाउन उर्जा मन्त्रालयलाई अनुरोध गर्ने प्रस्ताव समेत पारित गरेको जिविस काभ्रेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु