Tuesday, 26 September 2017 04:56 pm, Nepal

विश्वकप छनोट : भारतसँग समगैमा २–० ले पराजित नेपाल पहिलो चरणबाटै बाहिरियो

मेचीकाली : 2015-03-17 18:24:52


सनसनीपूर्ण प्रदर्शनपछि भुटान दोस्रो चरणमा
काठमाडौं, ३ चैत :

नेपाल सन् २०१८ को विश्वकप तथा सन् २०१९ को एसिया कप फुटबलको छनोटको पहिलो चरणबाटै बाहिरिँदा नेपाल भन्दा धैरै कमजोर भुटान अर्को चरण प्रवेश गर्न सफल भएको छ । आज भएको दोस्रो लेगको खेलमा भारतसँग गोलरहित बराबरी खेलेको नेपाल समग्रमा २–० ले पराजित हुँदै नेपाल प्रारम्भिक छनोट चरणबाटै बाहिरिएको हो ।

नेपालले आज भारतविरुद्ध सम्मानजनक प्रदर्शन गरे पनि गोल गर्न असफल भयो । यसअघि भारतको गुवाहिटीमा गत बिहीबार भएको पहिलो लेगको खेलमा नेपाल २–० ले पराजित भएको थियो ।

आजै भुटानले श्रीलंकालाई समग्रमा ३–१ ले पराजित गर्दै दोस्रो चरणको यात्रा सुरु गरेको छ । भुटान फिफा वरियतामा अन्तिम स्थानमा रहेको टिम हो । श्रीलंका भने भुटानभन्दा निकै माथिको टिम हो । नेपाल भन्दा धेरै कमजोर टिमोर पनि मंगोलियालाई समग्रमा ५–१ ले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु