Wednesday, 20 September 2017 06:40 pm, Nepal

पाकिस्तानमा बाह्र जनालाई फाँसी

एजेन्सी : 2015-03-17 13:00:05


इस्लामाबाद, ३ चैत :

पाकिस्तानका विभिन्न जेलमा रहेका कम्तीमा १२ जना अपराधीलाई मङ्गलबार विहान फाँसी दिइएको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।पूर्वी पञ्जाब प्रान्तका विभिन्न जेलमा रहेका १० अपराधी र कराँचस्थित दुई जनालाई फाँसी दिइएको स्थानीय उर्दु च्यानलले जानकारी दिएको छ ।

ती अपराधीलाई झाङ्ग, मेनवाली, रावलपिन्डी, कराँची, फैसलाबाद, गुज्रान्वाला र मुल्तान जिल्लाहरुमा फाँसी दिएको जनाइएको छ ।मङ्गलबार विहान १४ जना अपराधीलाई फाँसी दिइने सुची तयार गरिएकोमा अन्तिम घडीमा दुई जनालाई सो सुचीबाट हटाइएको जनाइएको छ ।

उनीहरुलाई आजै फाँसी नदिइएको हो वा फाँसीको सजाय नै मिनाहा गरिएको हो भन्ने बारेमा भने केही बताइएको छैन ।फाँसी दिइएका ती व्यक्तिहरुमाथी घरेलु हिंसा र आतङ्ककारी आक्रमणको आरोप लागाइएको थियो । उनीहरु लामो समयदेखि नै जेलमा रहेका थिए ।गएको छ बर्षयता स्थगित गरिएको फाँसीको सजाय पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले खुल्ला गर्नुभएयता कयौँ अपराधीलाई पाकिस्तानमा फाँसीमा झुण्डाइसकिएको छ ।

प्रधानमन्त्रीले उक्त निर्णय प्रान्तीय राजधानी पेसावरमा रहेको एक सैनिक विद्यालयमा तालिवानी आतङ्ककारी समूहले ३४ जना बालबालिकासहित १५० व्यक्तिको हत्या गरेपछि आएको हो । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु