Wednesday, 20 September 2017 06:45 pm, Nepal

म्यानमारमा शान्ति वार्ता सुरु

एजेन्सी : 2015-03-17 12:59:15


याङ्गोन, ३ चैत :

म्यानमारमा मङ्गलबार यहाँको सरकार र जातीय विद्रोहीबीच शान्तिवार्ता सुरु भएको समाचार छ ।म्यानमार सरकारले यहाँको जातीय समूहसँग विगतदेखि नै वार्ताको प्रस्ताव गरेको थियो । सो बमोजिम मङ्गलबार उक्त वार्ता सुुरु भएको बताइएको छ ।

म्यानमारको शान्ति केन्द्र (पिस सेन्टर) ले दिएको जानकारीअनुसार त्यहाँ शान्तिवार्ता सुरु भएको छ । यस वार्ताको समन्वय सो केन्द्रले गरिरहेको बताइएको छ ।सरकारसँग वार्ताका लागि कम्तीमा पनि १६ वटा फरक फरक विद्रोही समूहका प्रतिनिधि बसेका छन् । ती समूहका तर्फबाट निर्माण भएको राष्ट्रव्यापी युद्धविराम समन्वय टिमको तर्फबाट सामुहिक रुपमा सो वार्ता सुरु भएको हो ।

सरकारी र ती पक्षबीच उक्त वार्ता सुरु भएको समाचारमा जनाइएको छ । पछिल्लो समाचारअनुसार सरकार र सो समूहबीच विभिन्न १०८ मागहरुमध्ये त्यसमा रहेका आधारभूत ८ वटा विषयमा वार्ता सुरु भएको छ ।

म्यानमारमा विभिन्न जातीय समूहहरुबीच सरकारले वार्ता गर्ने जानकारी म्यानमारका राष्ट्रपति यु थाँ सेनले दिनुभएको केही दिनपछि यो वार्ताको प्रक्रिया सुरु भएको छ ।म्यानमारमा विभिन्न जातीय समूहहरु स्वायत्तताका साथै विभिन्न अधिकारका लागि सशस्त्र विद्रोह गरिरहेका छन् । कतिपयले सशस्त्र नभई लामो समयदेखि आन्दोलन पनि गरिरहेका छन् ।

यो सातौँ चरणको वार्ता हो । यसअघि म्यानमारमा अघिल्लो चरणको वार्ता गत वर्षको सेप्टेरमा भएको थियो ।यो वार्ताको घोषणा गएको जनवरी महिनामा गरिएको थियो । जनवरीपछि तुरुन्त यो वार्ता गर्ने भनिएकोमा पछिल्ला केही समयमा यी विद्रोही पक्षका बीचमा द्विपक्षीय भिडन्त भएकोले वार्तामा ढिलाई भएको थियो ।

म्यानमारमा विगत लामो समयदेखि जारी रहेको यस जातीय विद्रोहका कारण कयौँ नागरिकको ज्यान गएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु