Wednesday, 20 September 2017 06:45 pm, Nepal

ठूला दलहरुको दम्भका कारण संविधान अन्योलमा : अध्यक्ष थापा

मेचीकाली : 2015-03-17 12:55:11


दमक, ३ चैत :

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ठूला राजनीतिक दलहरुको दम्भका कारण संविधान अन्योल बनेको धारणा राख्नु भएको छ ।आज बिहान दमकका सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै अध्यक्ष थापाले संविधान लेखनमा देखिएको अवरोधले नयाँ संविधान निर्माणको प्रक्रियामा अन्योल देखापरेको बताउनुभयो ।

सत्तापक्षीय मोर्चाका नेताहरुले आगामी जेठ १५ गते संविधान जारी गर्ने बताइएको प्रसङ्गमा उहाँले त्यसप्रति पनि जनतामा विश्वास नरहेको उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो–“कुनै दलहरु आन्दोलन लिएर सडकमा छन्, यस्तो असहज स्थितिमा संबिधान आउने अवस्था निकै सङ्कटमा छ ।”

संविधान लेखनमा देखिएको अवरोध हटाउन तीन विकल्प भएको चर्चा गर्नुहुँदै उहाँले यसका लागि दलहरुमा साझा प्रतिबद्धता आउनुपर्ने बताउनुभयो ।

एक प्रसङ्गमा नयाँ शक्ति निर्माणका लागि राप्रपा र राप्रपा नेपालबीच एकीकरणको अन्तिम तयारीमा पुगेको उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु