Sunday, 24 September 2017 12:36 pm, Nepal

अमेरिका-इरान आणविक वार्ता

एजेन्सी : 2015-03-16 15:59:35


लाउसन, २ चैत :

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री जोन केरी र उहाँका इरानी समकक्षी मोहम्मद जभाद जारिफबीच सोमबार आणविक वार्ता हुने भएको छ ।इरानी आणविक वार्ताका लागि उहाँहरु सोमबार स्वीट्जरल्याण्डमा भेट्नुहुने भएको समाचारमा जनाइएको छ ।

अमेरिकी विदेशमन्त्रालयले दिएको जानकारीअनुसार उहाँहरुबीच सोमबार सो वार्ता हुने भएको हो । सोमबार सो वार्ताका लागि अपराह्न उहाँहरु भेट्नुहुने बताइएको छ ।इरानको विवादास्पद सो आणविक कार्यक्रममा बारेमा गएका केही महिनादेखि नै निरन्तर रुपमा वार्ता जारी रहेको छ । सो वार्तामा पनि सहमति भने हुन सकिरहेको छैन ।तर यस वार्तालाई भने निर्णायक वार्ताका रुपमा लिइएको छ । सो वार्ताका लागि उहाँहरु गत महिना नै सहमत भएको र यसमा केही प्रगति हुनसक्ने पनि बताइएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु