Wednesday, 20 September 2017 06:39 pm, Nepal

चीनमा मानवअधिकार हनन् बढ्दो

एजेन्सी : 2015-03-16 13:32:09


बेइजिङ, २ चैत :

चीन सरकारले सन् २०१४ मा करिब एक हजार जना मानवअधिकारवादी पक्राउ गरेको र ती मध्ये अधिकांशलाई थुनामा राखेको बताइएको छ ।वर्तमान राष्ट्रपति सि जिनपिङको कार्यकाल सुरु भएपछि ती मानवअधिकार रक्षकहरुलाई थुनामा राखेको जानकारी सोमबार दिइएको छ ।

चिनियाँ मानवअधिकारवादी संस्थाहरुको समूहले सो समाचार दिएका छन् । साथै उनीहरुले यो अवस्थालाई सन् १९९० को दशकपछि पहिलो पटक यतिधेरै मानवअधिकार हनन् भएको घटनाका रुपमा पनि लिएका छन् ।चीनको एक मानवअधिकार वकालत समूहले सन् १९९० पछिको दशकमा राष्ट्रपति जिनपिङको कार्यकालमा सबैभन्दा धेरै मानवअधिकार हनन् भएको बताएको छ ।

चिनियाँ मानवअधिकार डिफेन्डर्स नाम मानवअधिकारवादी संस्थाले दिएको जानकारीअनुसार चीनमा विगतका वर्षहरुभन्दा यसवर्ष बढी मात्रामा अधिकारवादी पक्राउ परेका जनाएको छ ।वर्तमान राष्ट्रपतिको कार्यकालमा सरकारी अधिकारीरुले मानवअधिकारको हनन् झनबढी मात्रामा गरेको उनीहरुको दाबी छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु