Tuesday, 26 September 2017 12:38 am, Nepal

अपडेट : जुम्लामा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

मेचीकाली : 2015-03-16 11:12:08


अन्य ११ जना घाइते
जुम्ला, २ चैत :

जुम्लाबाट सुर्खेत आउदै गरेको यात्रुबस दुर्घटना हुदा मत्यु हुनेको संख्या १७ पुगेको छ । १३ जनाको घटनास्थलमै र ४ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

 उनीहरुमध्ये ५ जनाको अवस्था गम्भिर छ । घाइते सबैको जुम्ला अस्पतालमा उपचार भइरहेको छ । मृतकमध्ये बस चालक जुम्लाका हर्क बुढा र सहचालक सागर बुढाको मात्र सनाखत भएको छ ।

ना ४ ख ४९७० नम्बरको बस कर्णाली राजमार्गअन्तर्गत जुम्लाको राराहिलि १ मा सडकबाट करिब २० मिटर तल खसेको थियो । घटनाबारे थप जानकारी लिन जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलसहितको टोली घटनास्थल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु