Tuesday, 26 September 2017 11:10 am, Nepal

बाटोमा भेट्टाएको एक लाख रुपैयाँ सम्वन्धीत व्यक्तिलाई फिर्ता

मेचीकाली : 2015-03-16 07:49:14


काभ्रे, २ चैत :

धेरै व्यक्तिले आफूले भेट्टाएको पैसा आफैले खर्चने गरे पनि काभ्रेका एक व्यक्तिले भने भेट्टाएको रकम सम्बन्धित व्यक्तिलाई बुझाएर उदाहरणीय काम गरेका छन् । जिल्लाको भूमिडाँडाँ गाउँ विकास समिति– ७ का हरिप्रसाद हुमागाँईले आफ्नो श्रीमतीले भेट्टाएको एक लाख रुपैँयाको बिटो सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेका हुन् ।

भेट्टाएको एक लाख रुपैँया उनले सम्बन्धित व्यक्ति रामेछाप भलुवाजोर– २ घर भई हाल भक्तपुर कौशलटार बस्दै आएका ट्रिपर व्यवसायी अर्जुनबहादुर थापालाई बुझाएका हुन् । हरिप्रसादले बनेपामा रहेको चेष्टा साप्ताहिक पत्रिकाको कार्यालयमा आएर उक्त रकम हस्तान्तरण गरेका हुन् । शुक्रबार आफन्तको घरमा जान हिडेकी हुमागाँईकी श्रीमती गोमाले दिउँसो ३ बजेतिर बीच सडकमा एक लाख रुपैँयाको बिटो भेट्टाएकी थिईन् ।

भोलिपल्ट गाउँमा रहेको उडुवादेवी रोडा ढुङ्गा उद्योगबाट पैसा लिएर गएको व्यवसायीको पैसा हराएको खबर सुनेपछि हुमागाँई परिवारले सम्बन्धित उद्योगका सञ्चालकसँग कुरा बुझ्दा पैसा हराएको व्यक्ति पहिचान भएपछि उनको सम्पर्क नम्बर लिएर पैसा भेट्टाएको खबर गरेका थिए । उडुवादेवी रोडा ढुङ्गा उद्योगमा पैसा लिन आएका अर्जुन एक लाख रुपैँया लिएर काठमाडौँ फर्किएका थिए ।

आफुले लगाएको ज्याकेटको दाँया खल्तीमा एक लाख रुपैँयाको बिटो हालेका अर्जुनलाई बनेपा आएपछि मात्रै आफ्नो पैसा हराएको थाहा पाएका थिए । पैसा हराएपछि निराश बनेका अर्जुन पैसा खोजी गर्दै पूनः खानीमा पुगेका थिए । खानीमा गएर हेर्दा त्यहाँ नभएपछि उनी पैसा माया मारेर फर्किएका थिए । पैसा हराएपछि भेट्टिने आश मारेर बसेका उनलाई भन्दै  शनिवार बिहान करिब साढे नौ बजे खानी सञ्चालक अशोक लामाले फोन गरेर पैसा भेट्टिएको खर गरेका थिए । त्यसको केहि समयपछि हरिका दाजु बसुन्धराले पनि फोन गरेको अर्जुनले बताए । हराएको पैसा पाएपछि अर्जुनले हुमागाँई परिवारलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु