Tuesday, 26 September 2017 11:50 pm, Nepal

विश्वकप : पाकिस्तान र वेष्ट इण्डिज क्वाटरफाइनलमा प्रवेश

मेचीकाली : 2015-03-15 17:01:21


आयरल्याण्ड समूह चरणबाटै बाहिरियो

पाकिस्तान र वेष्टइण्डिज विश्वकप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएका छन् । आज भएका अन्तिम खेलमा जित हात पार्दै दुबै टोलीले क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् । यससँगै अष्ट्रेलिया र न्युजिल्याण्डमा भइरहेको विश्वकप क्रिकेटको क्वाटरफाइनल समीकरणसमेत पुरा भएको छ । आज विश्वकपको समूह चरणको अन्तिम खेलमा पाकिस्तानले आयरल्याण्डलाई ७ विकेटले हरायो ।

यस्तै वेष्ट इण्डिजले युएईलाई ६ विकेटले पराजित ग¥यो । आजको जितपछि पाकिस्तान ८ अंकसहित तेस्रो स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको हो । वेष्ट इण्डिजसँगै समान ६ अंक भए पनि रनरेटका आधारमा पछि पर्दै एसोसिएट मुलुक आयरल्याण्ड क्वाटरफाइनल पुग्न असफल भयो । आजको खेलमा आयरल्याण्डले दिएको २ सय ३८ रनको चुनौती पछ्याएको पाकिस्तानले ४६ दशमलव १ ओभरमा ३ विकेटमात्रै गुमाएर २ सय ४१ रन बनायो । उसका लागि सरफराज अहमदले आफनो पहिलो एक दिवसीय शतक प्रहार गर्दै १ सय १ रनको योगदान दिए भने अहमेद शेहजादले ६३ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले कप्तान विलियम पोर्टर फिल्डको शतकको मद्दतमा ५० ओभरमा अलआउट हुँदै २ सय ३७ रन बनाएको थियो ।

विश्वकपका शतक प्रहार गर्ने पहिलो कप्तान बनेका पोर्टरफिल्डले १ सय ८ रन बनाए । यस्तै आजको पहिलो खेलमा युएईले दिएको १ सय ७६ रनको चुनौती पछ्याएको वेष्ट इण्डिजले ३० दशमलव ३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । यसअघि आयरल्याण्डले ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । अब विश्वकपको सेमिफाइनल प्रवेशका लागि न्युजिल्याण्ड र वेष्ट इण्डिज, भारत र बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका तथा अष्ट्रेलिया र पाकिस्तानबीच भिडन्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु