Wednesday, 20 September 2017 06:44 pm, Nepal

ब्राजिलमा बस दुर्घटनामा ४२ को मृत्यु

मेचीकाली : 2015-03-15 13:31:53


रियो डि जेनेरियो, १ चैत :

ब्राजिलमा शनिबार भएको बस दुर्घटनामा परी कम्तीमा पनि ४२ जना यात्रुको ज्यान गएको समाचार छ ।बस एउटा साँघुरो गल्लीबाट तल खस्दा भएको यस दुर्घटनामा परी ती यात्रुको ज्यान गएको बताइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सो दुर्घटनाबाट अरु कयौँ घाइते भएका छन् ।

पर्यटक बोकेर हिँडेको एउटा बस साँघुरो गल्लीमा खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घाइतेको उद्वार गरिएको पनि जानकारी गराएको छ ।सुरुमा सो दुर्घटनामा परी मृत्यु भएका ३० मात्र यात्रुको शव निकालिएको थियो । उद्वारकै क्रममा थप शव भेटिएको समाचारमा जनाइएको छ ।

दक्षिणी ब्राजिलको सान्ता क्याटारिना राज्यमा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनास्थल अत्यन्तै बिकट रहेकोले उद्वारको काम पनि निकै गाह्रो भएको बताइएको छ ।सो बस कम्तीमा पनि ४०० मीटर गहिरो गल्छीमा खसेको उद्वारमा खटिएको प्रहरीले जानकारी दिएको छ । घाइतेको उद्वार अझैपनि जारी रहेको छ ।प्रहरीकाअनुसार घाइतेमध्ये तीन जना बालबालिकाको उपचारकै क्रममा अस्पतालमा ज्यान गएको छ । घाइतेलाई पनि निकै क्षतविक्षत अवस्थामा उद्वार गरिएको छ ।

उक्त बसमा ५० जना यात्रु रहेको अनुमान गरिएको छ । तर अधिकारीहरुले भने उक्त बसमा अरुपनि धेरै यात्रु रहेको अनुमान गरेका छन् ।उक्त बस डोना फ्रान्सिस्का पहाड नजिकै पुगेर दुर्घटनाग्रस्त बनेको थियो । सो पहाड पर्यटकको एक आकर्षणको केन्द्र हो । सोही पहाडको दृश्यावलोकनका लागि पर्यटकहरु त्यसतर्फ गइरहेका थिए ।उक्त क्षेत्र निकै अप्ठेरो स्थानमा रहेकोले यसअघि पनि त्यस पहाडको दृश्यावलोकनका लागि जाने गरेका सवारी साधनहरु दुर्घटनामा पर्ने गरेका बताइन्छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु