Tuesday, 26 September 2017 11:50 pm, Nepal

काभ्रेमा अनुमतिविनाका मेडिकल छ्यापछ्याप्ती

मेचीकाली : 2015-03-15 08:47:11


गलत एक्सरेका कारण शंकरवहादुरको खुट्टा काटियो
काभ्रे, १ चैत :

विनाअनुमति सञ्चालन भएका मेडिकलहरुमा उपचार गर्दा सर्वसाधारणले उपचारका नाममा हैरानी ब्यहोर्न थालेका छन् । सम्वन्धित कार्यालयहरुले अनुगमन नगर्दा अबैध मेडिकलहरुका कारण मानव स्वास्थ्यमा गम्भिर खेलवाड हुने गरेको घटना सार्वजनिक भएको छ ।
जिल्लाका शहरी तथा ग्रामिण क्षेत्रमा संचालित अधिकांश मेडिकल तथा क्लिनिकहरु अबैध रहेको प्रारम्भिक तथ्यांक जिल्ला स्वास्थ्य कार्यालयले तयार गरेको छ ।

गैह्रिविसौना ८ देउपुरका ४६ वर्षिय शंकरबहादुर सोनार विक सामान्य लडेर मेडिकल आउँदा गरिएको एक्सरेको गलत रिपोर्टका कारण खुट्टै गुमाउन पुगेपछि अवैध मेडिकलका बारेमा स्थानीयहरुले समेत चासो दिएका हुन् । महादेवस्थान गाविस ८ मा पाँच वर्ष देखि संचालित ज्योति मेडिकल हलका अहेव अनिल ज्योतीले सुनारको घुँडा भाँचिएको भन्दै प्लाष्टर गरिदिँदा खुट्टानै गुमाउनु परेको हो । सुनारका आफन्तले अनिल ज्योतीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत गरेका छन् । अहेवले खुट्टा प्लास्टर गर्ने अनुमति प्राप्त नगर्ने मात्रै होइन मेडिकलमा क्लिनिक संचालनका लागि समेत स्वास्थ्य कार्यालय र औषधी ब्यवस्था विभागको अनिवार्य अनुमति लिनु पर्नेछ ।

एक्सरे मेशिनका लागि विना अनुमति संचालन भएको ज्योति मेडिकल हलको गलत उपचारका कारण शंकर बहादुरको खुट्टा फागुन २० गते शिक्षण अस्पतालले काटिदिएको छ । पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको भए पनि कारवाही हुन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर राजेन्द्रप्रसाद शाहले उजुरी लगत्तै अनुगमन टोली पठाई जिल्ला प्रशासन कार्यालयमा मेडिकलका बारेमा कारवाही सहितको प्रतिवेदन पठाएको जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी केदार न्यौपानेले महादेवस्थान गाविसको उक्त घटनाका बारेमा अनुसन्धान भईरहेको र दोषिलाई कारवाही गर्ने जानकारी दिए । पीडितका आफन्तहरुले दोषिलाई कारवाही र उचित क्षतिपुर्ति नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु