Sunday, 24 September 2017 12:21 pm, Nepal

पूर्व राष्ट्रपतिलाई १३ वर्षको जेल सजाय, फैसलाको व्यापक विरोध

एजेन्सी : 2015-03-14 17:13:06


माले, ३० फागुन :

मालद्वीपमा पूर्व राष्ट्रपति मोहम्मद नसिदलाई त्यहाँको अपराध हेर्ने अदालतले १३ वर्षको जेल सजाय सुनाएको छ ।सो अदालतले उहाँलाई आतङ्कवादको आरोपमा सो सजाय सुनाएको समाचारमा जनाइएको छ । उहाँलाई अनुसन्धानका लागि थुनामा राखिएको थियो ।

मालद्वीपको अपराध हेर्ने अदालतले सो सजाय सुनाएको समाचार मालद्वीपको राजधानी मालेबाट प्राप्त भएको छ ।शुक्रबार सुनाइएको सो सजायको मालद्वीपमा पनि व्यापक विरोध भएको छ । मोहम्मद नसिदको पार्टीले सो निर्णयको विरोध गर्दै यसले राजनीतिक प्रतिशोध साँधेको बताएको छ ।

उहाँको राजनीतिक दल मालदिभियन डेमोक्र्याटिक पार्टी (एमडिपी) ले यस निर्णय राजनीतिक रुपमा पूर्णरुपमा प्रेरित रहेको प्रतिक्रया दिएको छ ।उक्त दलले दिएको प्रतिक्रियामा भनिएको छ– गएको तीन हप्तादेखि अनावश्यक रुपमा गरिएको सोधपुछ एवम् पीडापछि अन्ततः अदालतले राजनीति प्रेरित फैसला सुनाएको छ ।उक्त दलका प्रवक्ता हमिद अब्दुल गफुरले भन्नुभएको छ– पूर्व राष्ट्रपति नसिदले बारम्बार आफ्ना वकिल राख्न पनि अस्वीकार गर्नुभएको थियो र उहाँ आफूमाथि राजनीति प्रेरित आरोप लागेको बताउनुभएको थियो ।

प्रवक्ता गफुर नसिदले पछिल्लो समयमा आफूले अपिल नगर्ने धारणा राख्नुभएको पनि बताउनुभएको थियो । साथै उहाँले यस फैसलाका विरुद्धमा पार्टीले आधिकारिक धारणा पनि छिट्टै सार्वजनिक गर्ने बताउनुभएको छ ।उहाँका कानुनी सल्लाहकारहरुको समूहले यसै हप्ताको सुरुमा नै राजिनमा दिएका थिए । उनीहरुले अदालतले आफूहरुलाई आवश्यक मात्रामा तयारीको समय पनि नदिएको र आफ्नो तर्कको पनि कुनै मतलब नगरेको बताएका थिए ।त्यसयता उहाँले आफ्नो तर्फबाट पनि कुनै वकिल राख्नुभएको थिएन । उहाँले वर्तमान सरकाले आफूलाई फसाउन लागेकोले आफूले कुनै कानुनी कदम चाल्नुको कुनै अर्थ नरहेको बताउदै आउनुभएको थियो ।

मोहम्मद नसिद मालद्वीपको राष्ट्रपतिका रुपमा सन् २००८ मा निर्वाचित हुनुभएको थियो । तर उहाँलाई विद्रोह गरी सन् २०१२ को फेब्रुअरीमा हटाइएको थियो ।उहाँलाई वर्तमान सरकारले आतङ्कवादी क्रियाकलापलाई समर्थन गरेको आरोपमा विगतदेखि नै थुनामा राखेको थियो । तर आफूमाथिका कुनैपनि आरोप सत्य नरहेको भन्दै उहाँले त्यसको खण्डन गर्दै आउनुभएको थियो ।उहाँमाथि वर्तमान सरकारले गरेको यो व्यवहारप्रति स्वदेश र विदेशमा पनि व्यापक मात्रामा आलोचना भएको थियो । उहाँमाथि कारबाहीका लागि गरिएको यस फैसलाको पनि देशभित्र र बाहिरबाट विरोध आएको बताइएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु