Wednesday, 20 September 2017 06:45 pm, Nepal

माथिल्लो तामाकोसीको १६ बुँदे माग राखी आन्दोलन

मेचीकाली : 2015-03-14 17:03:57


काठमाडौं, ३० फागुन :

माथिल्लो तामाकोसीमा आफ्ना १६ बुँदे माग राखी दोलखावासी आन्दोलित बनेका छन् ।  आज यहाँ आयोजित पत्रकार सम्मेलनमा माथिल्लो तामाकोसी सरोकार सङ्घर्ष समिति दोलखाको नाममा सङ्गठित भएका आफ्नो १६ बुँदे माग अघि सार्दै आन्दोलनको सुरुवात गरेका हुन् ।

    समितिले दोलखावासीका लागि छुट्याएको १० प्रतिशत सेयर विद्युत् उत्पादन भएपछि मात्रै निस्कासन गर्नुपर्ने, दोलखाको अतिप्रभावित गाविसलाई दिइने भनिएको सेयर सुनिश्चित गर्नुपर्ने, मजदुरलाई पनि अरू कर्मचारी सरह सेयर दिनुपर्ने, ऋण प्रवाह गर्ने संस्थालाई ब्याज वा सेयरको एकमात्र व्यवस्था गर्नुपर्ने र आयोजनाको लागत बढाउन नपाइनेलगायतका माग राखेका छन् ।

    सङ्घर्ष समितिका अध्यक्ष केशव चौैगार्इंले आफूहरूको मागलाई बेवास्ता गरेर कडा सङ्घर्ष गर्ने चेतावनी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु