Sunday, 24 September 2017 12:36 pm, Nepal

पनौतीमा क्षेत्रीय रंगशाला निर्माण केही दिनमै सुरु हुने

मेचीकाली : 2015-03-14 08:55:27


जग्गा विवादका कारण निर्माण सुरु हुन नसकेको पनौतीमा बन्ने क्षेत्रिय रंगशालाको काम केहि दिनमा नै सुरु हुने भएको छ । पनौती नगरपालिका–५ सिरानचौरमा रहेको कित्ता नम्बर १४६ को ४२ रोपनी ११ आना ३ पैसा मध्येको क्षेत्रबाट रंगशाला निर्माणको काम सुरु गरिने पनौती नगरपालिका कार्यालयले जनाएको छ ।

करिब ६ करोड रुपैँयामा निर्माण हुने रंगशाला निर्माणका लागि चालु आर्थिक वर्षमा ७० लाख रुपैँया रुपैँया बजेट विनियोजन भएको शहरी विकास तथा भवन डिभिजन कार्यालय काभ्रेका प्रमुख अष्टलाल सुवालले बताए । रंगशाला निर्माण हुने जग्गाको उत्तरपूर्वी दिशाबाट रंगशाला निर्माण सुरु गरिने नगरपालिकाले जनाएको छ । रंगशाला निर्माणको काम  हनुमान कन्ष्ट्रक्शनले गर्नेछ । रंगशाला निर्माण गर्नका लागि उत्तरपूवी दिशातर्फको साईड क्लियर गर्नुपर्ने देखिएको रंगशाला निर्माण अनुगमन समितिले जनाएको छ ।

अनुगमन समितिमा नगरपालिकाको कार्यकारी अधिकृत ईन्दिरा थापा, शहरी विकास तथा भवन डिभिजन कार्यालय प्रमुख, नगरस्थित मुख्य तीन दलका नगर प्रमुख तथा विभिन्न संघसंस्थाका प्रतिनिधि रहेको अनुगमन समिति बनाइएको छ । उत्तरपूर्वी दिशाको केहि सार्वजनिक जग्गा मिचिएको अनुमान गरिएकोले त्यसको कागज प्रमाण हेरेपछि निर्माण कार्य सुरु हुनेछ । यो काम सकिएको खण्डमा निर्माण कम्पनीे अबको एक हप्तामा रंगशाला निर्माणको काम सुरु गर्नेछ । रंगशालामा कबर्ड हल, प्याराफिट, स्विमिङ पुल, गार्ड हाउस, टिकट घर, क्यान्टिनलगायतको संरचना निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु