Saturday, 23 September 2017 05:50 am, Nepal

युएईलाई पराजित गर्दै दक्षिण अफ्रिका क्वाटरफाइनलमा

मेचीकाली : 2015-03-12 14:36:04


युएईलाई पराजित गर्दै दक्षिण अफ्रिका विश्वकप क्रिकेटको क्वाटरफाइनल प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिकाले कमजोर प्रतिद्वन्द्वी युएईलाई १ सय ४६ रनले हरायो । दक्षिण अफ्रिकाले दिएको ३ सय ४२ रनको चुनौती पछ्याएको युएई ४७ दशलवम ३ ओभरमा १ सय ९५ रन बनाउँदा अलआउट भयो ।

उसका लागि स्वप्निल पाटिलले नटआउन ५७ रन बनाए भने साइमन अन्वारले ३९ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर तयार पार्न सकेनन् । दक्षिण अफ्रिकाका यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४१ रन बनाएको थियो । उसका लागि एबि डिभिलियर्सले सर्वाधिक ९९ रनको योगदान दिए । आजको जितपछि दक्षिण अफ्रिकाको ६ खेलबाट ८ अंक रहेको छ र अंक तालिकाको दोस्रो स्थानमा पुग्दै क्वाटरफाइनल प्रवेश गरिसकेको छ । आजसहित लगातार पाँचौं हार बेहोर्न बाध्य युएई भने यसअघि नै विश्वकपबाट बाहिरिइसकेको छ । विश्वकपको समूह बी बाट यसअघि नै भारत क्वाटरफाइनल प्रवेश गरिसकेको छ भने अब पाकिस्तान, आयरल्याण्ड र वेष्ट इण्डिजमध्ये दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु