Tuesday, 26 September 2017 11:58 pm, Nepal

काभ्रेमा सवा तीन अर्ब बढीको बजेट सार्वजनिक

मेचीकाली : 2015-03-11 18:57:02


बनेपा, २७ फागुन :

जिल्ला विकास समिति काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७२/७३ का लागि सवा तीन अर्ब बढीको बजेट सार्वजनिक गरेको छ । जिविसले आज धुलिखेलमा रु तीन अर्ब २६ करोड ६८ लाख ३० हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
जिविसको २३औँं जिल्ला परिषद्मा सभासदहरु विदुर सापकोटा, रामहरी सुवेदी, तीर्थ लामा, श्याम श्रेष्ठ, कमला दोंङ र रेशम लामाले संयुक्तरुपमा सो बजेट सार्वजनिक गर्नुभयो ।सार्वजनिक भएको बजेटमध्ये कुल चालु तर्फ रु एक अर्ब ८५ करोड ४२ लाख ५५ हजार र पुँुजीगत तर्फ रु एक अर्ब ४१ करोड २५ लाख ७५ हजार रहेको छ ।

परिषद्ले पाँचखालमा निजी साझेदारी अवधारणा अनुसार कृषि क्याम्पस सञ्चालन गर्न, काभ्रेपलाञ्चोक भएर बहने सुनकोसी नदीको मादनकुडारी गाविसस्थित दोभानटारमा बाँधबाधी जलाशययुक्त विद्युत् आयोजनाबाट ५३६ मेगावाट विद्युत् उत्पादन हुनसक्ने प्रारम्भिक सम्भाव्यता अध्ययन गर्न र जिल्लाको डाँडापारी क्षेत्रमा विद्युत् विस्तारलाई जोड दिनेलगायतका २४ बँुदे विशेष प्रस्तावसमेत पारित गरेको छ ।

स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले जिल्लामा भएका प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु