Sunday, 24 September 2017 02:35 pm, Nepal

काभ्रेको बजेट आज सार्वजनिक हुँदै

मेचीकाली : 2015-03-11 08:23:33


काभ्रे, २७ फागुन :

जिल्ला विकास समिति काभ्रेको जिल्ला परिषद्ले जिल्लाका विषयगत कार्यालयहरु, गैरसरकारी कार्यालयहरु र जिल्ला विकास समितिको आन्तरिक समेत गरी कुल ३ अर्व २६ करोड ६८ लाख रकमको बजेट पास गरेको छ । जिविस परिषद्ले पास गरेको बजेटको सार्वजनिकीकरण आज जिल्लाका सभासद्हरुबाट हुने जिल्ला विकास समिति काभ्रेले जानकारी दिएको छ ।

विषयगत कार्यालयहरु र गैरसरकारी कार्यालयहरुको मात्रै २ अर्व भन्दा धेरै बजेट विनियोजन भएको छ । जिल्ला विकास समितिको सामाजिक सुरक्षा भत्ता, गाउँ विकास समितिको अनुदान समेत गरी कुल ७३ करोड ८६ लाख रुपैयाको बजेट पास भएको छ भने जिल्ला विकास समिति काभ्रेको आन्तरिक आम्दानीको १२ करोड रुपैयाको बजेट पास भएको छ । गत वर्ष भन्दा धेरै योजनाहरु समेटिएको यो वर्षको बजेटले जिल्लाका ७६ वटै गाविस र पाँचवटै नगरपालिकालाई समेटेको छ ।

 सबै खालका योजनाहरु समेटेको परिषद्ले काभ्रे जिल्लाले राजधानीका लागि धानिरहेको आधा कृषि उपज तरकारी तथा अन्य बालीहरुका लागि अझै वैज्ञानिक ढंगबाट उत्पादन गर्ने गरी पाँचखाल नगरपालिका भित्र कृषि क्याम्पस खोल्ने योजना पास गरेको छ । त्यस्तै सडक गुरु योजनाका सबै योजनाहरुलाई विशेष प्राथमिकतामा राखेको छ । हरेक वर्षको वर्षातमा पर्ने पानीका कारण ग्रामिण भेगमा जाने सडकहरु भत्कने र खोलाले बगाउने कारण दशैमा सर्वसाधारणको आवतजावत नै बन्द हुने भएपछि आगामी वर्षबाट दशैमा सडक मर्मतका लागि छुट्टै कोषको स्थापना गरिएको छ । करिव ८ सय भन्दा धेरै योजनाहरुमा ५० हजार देखि १० लाखसम्मको रकम विनियोजन गरिएको भए पनि कृषि क्याम्पसका लागि ३० लाख र सडक गुरु योजनामा २ करोड भन्दा धेरै रकम विनियोजन भएको जिल्ला विकास समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु