Tuesday, 26 September 2017 04:57 pm, Nepal

विश्वकपमा भारतको अपराजित यात्रा कायमै, आयरल्याण्ड ८ विकेटले पराजित

मेचीकाली : 2015-03-10 13:28:44


साविक विजेता भारतले विश्वकप क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ । आज भएको पाँचौं खेलमा भारतले आयरल्याण्डलाई आठ विकेटले पराजित ग¥यो । खेलमा आयरल्याण्डले दिएको २ सय ६० रनको लक्ष्य भारतले ३६ दशमलव ५ ओभरमा २ विकेटमात्रै गुमाएर भेट्टायो । भारतका लागि उत्कृष्ट प्रदर्शन गरेका शिखर धवनले शतक प्रहार गर्दा रोहित शर्माले ६४ रन बनाए । यी दुई प्रारम्भिक ब्याट्सम्यानले १ सय ७४ रनको साझेदारी गरेका थिए  ।

 यस्तै विराट कोहलीले ४४ र अजिन्क्या रहानेले ३३ रन बनाए । यसअघि न्यूजिल्यान्डको ह्यामिल्टनमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ४९ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५९ रन बनाएको थियो । आयरल्याण्डका लागि नेल ओब्रेनले सर्वाधिक ७५ रनको योगदान दिए भने विलियम पोटरफिल्डले ६७ रन बनाए । कुनै समय २ सय ६ रन बनाउँदा ३ विकेटमात्रै गुमाएको उसले बाँकी सात विकेट लगातार गुमाएको थियो । बलिङतर्फ भारतका मोहम्मद सामीले ३ विकेट लिए भने आर आश्विनले २ विकेट लिएका थिए । आजको पराजयपछि आयरल्याण्डको क्वाटरफाइनल प्रवेशको सम्भावना कमजोर बनेको छ । भारत यसअघि नै क्वाटरफाइल प्रवेश गरिसकेको छ भने क्वाटरफाइनलको दौडामा रहेका दक्षिण अफ्रिका, पाकिस्तान र आयरल्याण्डको पाँच खेलबाट समान ६ अंक रहेको छ । यस्तै वेष्ट इण्डिजको ५ खेलबाट ४ अंक रहेको छ । यो समूहबाट जिम्बाबे र युएई भने समूह चरणबाटै बाहिरिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु