Saturday, 23 September 2017 05:57 am, Nepal

सडक दुर्घटनामा दुईको मृत्यु

मेचीकाली : 2015-03-10 13:17:16


जनकपुरधाम, २६ फागुन :

सोमबार राति धनुषाको लक्ष्मीनिवास नजिक सडक दुर्घटना हुँदा दुई युवकको घटनास्थलमै मुत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–१४ बस्ने रुपेश भुजेल र दीपक सिंह छन् । सोही दुर्घटनामा परी गम्भीर घाइते भएका विशाल कोइरालालाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ढल्केबरबाट जनकपुरतर्फ आइरहेको ज६प ७६३९ नंको मोटरसाइकल र नक्टाझिजबाट ढल्केबर गइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरको वा१झ ७४८० नंको प्रहरी भ्यानले सो मोटरसाइकलमा ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु