Wednesday, 20 September 2017 06:44 pm, Nepal

खानीडाँडा विमानस्थल कालोपत्रको काम तीव्र गतिमा

रासस : 2015-03-10 11:15:41


खोटाङ, २६ फागुन :

जिल्लावासीलाई सबैभन्दा पायक पर्ने स्थानमा निर्माण गरिएको खोटाङको खानीडाँडा विमानस्थल कालोपत्रको काम तीव्र पारिएको छ । सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने मनमायाँ राई खानीडाँडा विमानस्थलमा अहिले बेस निर्माणको काम भइरहेको फिल्ड सुपरभाइजर सानु बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार ६०० मिटरमा ४०० मिटरको काम सम्पन्न भइसकेको छ ।

    चन्दा सङ्कलन गरेर निर्माण सुरु गरिएको खानीडाँडा विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ८० लाखको लागतमा कालोपत्रको काम सुरु गरिएको हो । बर्खायाममा उडान बन्द हुँदै आएको विमानस्थल कालोपत्रका लागि शेर्पा कन्सट्रक्सन प्रालि काठमाडौँले जिम्मा लिएको छ । धावनमार्ग कालोपत्रको काम आगामी असारसम्म सकिने नागरिक उड्डयन प्राधिकरणका सुपरभाइजर बालकृष्ण बोहोराले जानकारी दिनुभयो । खानीडाँडाबाट करिब चार किलोमिटर दूरीमा रहेको खाल्लेबाट ढुङ्गा ल्याएर गिट्टी बनाउनुपर्ने भएकाले काममा केही ढिलाइ भएको बोहोराको भनाइ छ ।

    विमानस्थल कालोपत्रको काम सुरु भएसँगै खानीडाँडा विमानस्थलमा आगामी जेठसम्मका लागि उडान बन्द गरिएको छ । उडान बन्द भएपछि जिल्लावासीमा पर्न जाने समस्यालाई मध्यनजर गर्दै तत्काल काम सक्न ठेकेदारलाई निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु