Sunday, 24 September 2017 02:35 pm, Nepal

विश्वकप : बंगलादेशसँगै श्रीलंका क्वाटरफाइनलमा प्रवेश

मेचीकाली : 2015-03-09 17:39:06


इङ्ग्ल्याण्ड समूह चरणबाटै बाहिरियो

बंगलादेशसँगै श्रीलंकासमेत विश्वकप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बंगलादेशले इङ्ग्ल्याण्डलाई पराजित गरेपछि बंगलादेशसँगै श्रीलंका पनि एक खेलअघि नै क्वाटरफाइनल प्रवेश गरेका हुन् । आजको पराजयपछि इङ्ग्ल्याण्ड भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । आज बंगलादेशले इङ्ग्ल्याण्डलाई १५ रनले पराजित ग¥यो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले दिएको २ सय ७६ रनको चुनौती पछ्याएको इङ्गल्याण्ड ४८ दशमलव ३ ओभरमा २ सय ६० रन बनाउँदा अलआउट भयो । इङ्गल्याण्डलाई पराजित गर्ने क्रममा बंगलादेशका रुबेल हुसेनले ४ विकेट लिए । खेलको अन्तिम चरणमा इङ्गल्याण्ड जितको नजिक पुगेका बेला रुबेलले लगातार दुई विकेट लिएपछि बंगलादेश विजयी भयो । इङ्ग्ल्याण्डका जोस बुट्लरले ६५ तथा इयान बेलले ६३ रन बनाएका थिए । यसअघि बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ७५ रन बनाएको थियो । उसका लागि महमुदल्लाहले १ सय ३ रनको योगदान दिए । यो बंगलादेशी खेलाडीको जारी विश्वकपको पहिलो शतकसमेत हो । यस्तै मुस्फिकर रहिमले ८९ रन बनाएका थिए । जारी विश्वकपमा इङ्ग्ल्याण्डले जम्मा एउटामात्रै खेल जितेको छ । बंगलादेश रहेको पोल एबाट यसअघि नै आयोजकद्वय न्युजिल्याण्ड र अष्ट्रेलिया क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् भने पोल बीबाट भारत क्वाटरफाइनल प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु