Tuesday, 26 September 2017 11:54 pm, Nepal

श्रीलंकालाई पराजित गर्दै अष्ट्रेलिया क्वाटरफाइनलमा प्रवेश

मेचीकाली : 2015-03-08 17:18:28


श्रीलंकालाई पराजित गर्दै आयोजक अष्ट्रेलिया विश्वकप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज भएको आफ्नो पाँचौ खेलमा उसले श्रीलंकालाई ६४ रनले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको ३ सय ७७ रनको चुनौती पछ्याएको श्रीलंका ४६ दशमलव २ ओभरमा ३ सय १२ रनमा समेटियो । श्रीलंकाका लागि कुमार सांगाकाराले १ सय ४ रन बनाए भने तिलकरत्ने दिलशानले ६२ तथा दिनेश चण्डिमालले ५२ रन बनाएपनि खेल जित्न सकेन ।

निकै फर्ममा देखिएका चण्डिमाल घाइते भएर बाहिरिएपछि श्रीलंका समस्यामा परेको थियो । श्रीलंकाका सांगाकाराले आजै एक दिवसीय क्रिकेटमा आफ्नो १४ हजार रन पुरा गरेका छन् भने विश्वकपमा लगातार तीन शतक बनाउने पहिलो खेलाडीको किर्तिमान कायम गरे । यसअघि अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ७६ रन बनाएको हो । अष्ट्रेलियाका लागि आक्रामक पारी खेलेका ग्लेन म्याक्सवेलले १ सय २ रन बनाए । दोस्रो छिटो शतकको किर्तिमान राखेका उनले ५३ बल सामना गर्ने क्रममा १० चौका र ४ छक्का प्रहार गरेका थिए । यसैबीच, अफगानिस्तान विश्वकप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । आज न्युजिल्याण्डसँग पराजित भएपछि अफगानिस्तान एक खेलअघि नै विश्वकपबाट बाहिरिएको हो । आज न्युजिल्याण्डले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको १ सय ८७ रनको झिनो लक्ष्य पछ्याएको न्युजिल्याण्डले ३६ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । न्युजिल्याण्ड भने यसअघि नै विश्वकपको क्वाटरफाइनल प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु